काठमाैं । नेपाल विद्यार्थी संघकाे केन्द्रीय तदर्थ कार्यसमितिमा राजीव ढुंगाना अध्यक्ष भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा ढुंगानाकाे अध्यक्षतामा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघकाे तीन सदस्यीय केन्द्रीय तदर्थ कार्यसमितिको गठन गरिएकाे हाे ।
नवगठित नेपाल विद्यार्थी संघकाे तीन सदस्यीय केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा राजीव ढुंगाना (सुनसरी), महामन्त्रीमा मनोज बैद्य (काठमाण्डौं) र महामन्त्री महेश्वरी कुँवर (पाल्पा) रहेका छन् । नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन भने यथाशिघ्र गरिने बिहीबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
नवगठित तदर्थ कार्यसमितिले अबकाे ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्ने, आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने जिम्मेवारी प्रदान गरिएकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पाैडेलद्वारा बिहीबार जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
तदर्थ कार्यसमितिमा रहेका व्यक्ति आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने र यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने प्रेस विज्ञप्तीमा उल्लेख छ ।
“नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन
माघ १६, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त हुन गएको नेपाली कांग्रेसको भ्रातृ संस्था “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” को गठन पार्टी सभापति शेरबहादुर देउवाद्वारा देहाय बमोजिम गर्नु भएको छ ।
१. श्री राजिव ढुंगाना (सुनसरी) –अध्यक्ष
२. श्री मनोज बैद्य (काठमाण्डौं) –महामन्त्री
३. श्री महेश्वरी कुँवर (पाल्पा) –महामन्त्री
यस तदर्थ कार्यसमितिले–
(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी संघको आगामी १२ औं केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन ।
(४) यस अघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउनेछन ।
नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार १३:१५