काठमाडाैं । नेपाली कांग्रेसले संगठनकाे वडा, गाउँ/नगरपािलका, प्रदेश सभा क्षेत्र, क्षेत्रीय, जिल्ला अधिवेशन कात्तिक १६ देखि २५ गते, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रीय महाधिवेशन १४ औं महाधिवेशन फागुन ७ देखि १० गते काठमाडौं गर्ने सर्वसम्मत कार्यतालिका सार्वजनिक गरेकाे छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा साेमबार बसेकाे केन्द्रीय कार्यसिमितकाे बैठकले गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६, गाउँ/नगरपालिका अधिवेशन २०७७ कात्तिक १८, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २१, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २५ गते, प्रदेश अधिवेशन २०७७ मंसिर २९ गते र महाधिवेशन फागुन ७ देखि १० गते काठमाडौं गर्ने सर्वसम्मत निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेस पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि परिमार्जित कार्यतालिका अनुसार प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म राखिएकाे छ ।
त्यसैगरी केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची साउन मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनु पर्ने कुरा उल्लेख गरिएकाे पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
प्रकाशित मिति: १३ माघ २०७६, सोमबार २०:३५