मुगु । हिमाली जिल्ला मुगुका सरकारी कार्यालयहरुयति बेला कार्यालय प्रमुख विहिन छन् । गोष्ठी, तालिम लगायतका विभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यालय कर्मचारी विहिन जस्तै बनेका छन् ।
जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी समेत नहुँदा सेवाग्राही रित्तो हातफर्कन बाध्यभएका छन् ।
सुरक्षा गोष्ठीमा भाग लिन प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बुधबार जिल्ला बाहिर गएका हुन् भने सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिना देखि जिल्ला बाहिर छन् ।
प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरिकता, राहादानी, नाबालक परिचयप्रत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकहरु निराश भएर फर्किने गरेका छन् ।
प्रत्रकारको टोली विहीबार २ बजे जिल्ला प्रशासन कार्यालय पुग्दा कार्यालय बन्द अवस्थामा रहेको र कर्मचारी घाम तापेर बसेका भेटिएका थिए ।
अख्तियारी प्राप्त कर्मचारी नुहँदा सेवाग्राहीको काम गर्न समस्या भएको जिल्ला प्रशासन कार्यालय मुगुका खरिदार नर बहादुर बुढाले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय मात्र हैन अन्य संघीय तथा प्रादेशिक कार्यालयका प्रमुख नहँुदा ति कार्यालयहरु पनि प्रमुख बिहिन भएका छन् । संघीय मातहतका कार्यालय जिल्ला प्रहरी, अनुसन्धान, कोष तथा लेखा नियन्त्रण, नापी, शिक्षा विकास तथा समन्वय ईकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन, खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयमा पनि प्रमुख छैनन् ।
सघीय तथा प्रादेशिक माताहतमा रहेका कार्यालयका कार्यालय प्रमुख नहुँदा सेवाग्र्राहीको काममा बाधा भएको छ भने अख्तियारी प्राप्त नभएका कर्मचारीहरु कार्यालयमा आउने घामतापेर बस्नु बाहेकको विकल्प नभएको कर्मचारीहरु बताउँछन् ।
प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १९:२३