मुगु । २२ औं भुकम्प सुरक्षा दिवस प्रतिकुल मौसमका विच मुगु जिल्ला सदरमुकाममा मनाईएको छ । जुन बेला गमगढीको मौसम माईनस ७ डिग्री थियो ।
पटक पटक हिमपात भएर चिसो बढी रहेका बेला विहीबार पनि मौसममा बदली आई जिल्ला सदरमुकाम गमगढीको तापक्रम माईनस ७ डिग्रीमा झरेको थियो । चिसो मौसमलाई वास्ता नगरी जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, स्थानीय तहका प्रमुखहरु र्यालीमा सहभागी भएका थिए ।
र्यालीमा सहभागीहरुले भुकम्प के हो, यसबाट कसरी जोगिने, घर तथा भौतिक कस्ता बनाउने जस्ता जनचेतना दिईएका प्लेकार्ड बोकेका थिए भने सोही सन्देश दिने नारा लगाउदै जिल्ला सदरमुकाम गमगढी बजार परिक्रममा गर्दै महाकाली माध्यमिक विद्यालयमा पुगेर कोण सभा गरेका थिए ।
कोण सभाको सभापतित्व गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले भुकम्पले मानवीय क्षति नगर्ने, भुकम्प आउँदा हामीले नै बनाएका संरचनाहरु भत्कीएर मानवीय तथा भौतिक क्षति हुने भएकाले आफ्नाे घर लगायत भौतिक संरचनाहरु बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।
जिल्लामा रहेका स्थानीय सरकारहरुको प्रतिनिधित्व गर्दै छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले स्थानीय सरकार संचालन ऐनले दिएको अधिकारी प्रयोग गर्दै सबै स्थानीय सरकारले पुराना संरचना बाहेक नयाँ बन्ने संरचनाहरु गाउँ, नगरमा नक्सापास गराएर मात्र भौतिक संरचना बनाउने बाध्यकारी नियम लागु गर्दै लैजाने बताउनु भएको थियो भने यो कार्यमा सबैले सहयोग गर्न आग्रह गर्नु भएको थियो ।
जिल्लामा रहेको शसस्त्र प्रहरी बल नं ४५ ले सहभागी विद्यार्थीहरुलाई भुकम्पबारे बनाईएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरेकोे थियो । चिसोमा भुकम्प दिवस मनाउन सहभागी बाख्लो कपडा, माक्स लगाएर सहभागी भएका थिए ।
प्रकाशित मिति: २ माघ २०७६, बिहीबार १८:१३