मुगु । मुगु जिल्लाका विद्यालमा अध्ययनरत विद्यार्थीलाई छाउपडी प्रथा बारे मौजुदा कानुनमा उल्लेखित प्रावधानका विषयमा नेपाल प्रहरीले प्रशिक्षण दिएकोे छ ।
महाकाली नमूना माध्यामिक बिद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्याथीलाई प्रहरीले छाउपडी प्रथाका बारेमा मौजुदा कानुन रहेका कानुनी बिषय बस्तुमा प्रशिक्षण दिइएको हो ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा शताब्दीयौ देखि जरो गाडेर बसेको छाउपडी प्रथालाई नेपाल सरकारले न्यूनिकरणका लागि अभियानका रुपमा सञ्चालन गदै आएको छ ।
छाउपडी प्रथा बिरुद्ध कानुनी कुरा, छाउगोठ भत्काउने देखि बिभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप मुगुमा पनि छाउपडी प्रथा बिरुद विद्यार्थीलाई छाउ हुनु प्राकृतिक नियम हो, यो कुनै पापको कारण होइन भन्ने बुझाउन प्रशिक्षण कार्यक्रम गरिएको प्रहरीले बताएको छ ।
छाउ वार्न लगाएमा कानुनमा उल्लेख गरिएका ऐन नियम र कार्वाहीका बारेमा जानकारी सहित विद्यार्थीलाई प्रशिक्षण दिईएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
उहाँका अनुसार छाउ हुनु फुल फुलेर फल लाग्नु सरह हो । त्यहि पनि हाम्रो पुरात्तानवादी सोचमा ग्रसित छाउपडी प्रथा समाजमा कायमै रहेकाले त्यसलाई उन्मुलन गर्न गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, विद्यार्थी, जिल्लाका सरोकारवाला निकाय, धामीझाँक्री, महिला, स्वास्थ्यकर्मीसँंग कानुनका बारेमा जानकारी सहित न्यूनिकरणमा हातेमालो गर्न आग्रह गदै कार्यक्रम गदै आएको प्रहरी नायव उपरीक्षक साहले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै कक्षा १० मा अध्ययनरत विद्यार्थी सिमा परियारले सामाजिक मानसिक रुपमा छाउपडी प्रथा हटाउनु पर्ने बताउनु भयो ।
पहिलेको तुलानामा छाउपडी प्रथा न्यूनिकरण भएको र अझै पुराना मान्छेमा छाउपडी भित्रका विकृती प्रथा कायमै रहेकाले छाउपडी प्रथा न्यूनिकरणमा सबैको सहकार्य आवश्यक रहेको परियारको भनाई थियो ।
उहाँले छाउपडी प्रथा आफु पनि नवार्ने र छाउ हुनु प्राकृतिक नियम हो भन्ने बारेमा बुझाउने प्रतिवद्धता समेत गुर्नभयो । यस्तै कार्यक्रमा सहभागी विद्यार्थीहरुले छाउगोठमा बसेको भेटेमा नबस्न आग्रह गर्ने र कानुनका बारेमा सम्झाई बुझार्ईगरी छाउगोठबाट घरमै बस्नको लागि सल्लाह सुझाव दिने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार १२:४८