सुुर्खेत । सुर्खेतमा राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रदेश कार्यालय स्थापना गरिएको छ । प्रदेशमा बाणिज्य बैंकको अनुगमन लगायतका कामहरु गर्नका लागि प्रदेश कार्यालय स्थापना गरिएको हो । शुुक्रबार कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैंकको उद्घाटनसमेत गर्नुभएको छ ।
मुख्यमन्त्री शाहीले बाणिज्य बैंकहरुको सेवालाई चुस्त, दुरुस्त, सेवाग्राहीमैत्री र छरितो गराउन सुझाव दिनुभएको छ । साथै उहाँले प्रदेश कार्यालय स्थापनापछि यस कार्यालयले बैंकको विविध समस्याहरुलाई समाधान गर्न सहज हुने उल्लेख गर्नुभयो ।
बैँकका नायब कार्यकारी अधिकृत कविराज अधिकारीले प्रदेश अन्तर्गतका शाखाहरुबाट प्रभावकारी सेवा गराउन सहज होस् भन्ने उद्देश्यले नै प्रादेशिक कार्यालय स्थापना गरिएको बताउनुुभयो । उहाँले सरकारले सबै स्थानीय तहमा बैँक शाखा पुुर्याउने लक्ष्य अनुसार राष्ट्रिय वाणिज्य बैँकले कर्णालीका विकट स्थानीय तहमा बैँक शाखा पुुर्याएको जिकिर गर्नुभयो । उहाँले भौगोलिक विकट भएका ठाउँहरुमा पनि बैँकको शाखा पुुर्याउने भन्दै उनले कर्णाली प्रदेश सरकारले सुरु गरेको छोरी बैँक खाता कार्यक्रमलाई पनि सफल गराउन सहयोग गर्ने जिकिर गरे ।
यस्तै कार्यक्रममा बैँक संचालक समितिका अध्यक्ष निर्मल अधिकारीले प्रादेशिक कार्यालयले कर्णालीको सेवा छिटो छरितो हुुने विश्वास लिएको बताउनुुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैँकले पर्यटन, जलविद्युत, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै अझै लगानीको क्षेत्रलाई विस्तार गर्दैै लैजाने पनि बताउनुुभयो । सरकारको योजना अनुसार हाल राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशका १० वटै जिल्ला र द्वन्द्वकालमा विस्थापित भएका बैकंहरुका शाखा स्थापनाका लागि काम थालेको जनाएको छ ।
प्रादेशिक कार्यालयले प्रदेशमा रहेका शाखाहरुको अनुुगमन गर्ने, शाखा खोल्नुु परे स्वीकृत गर्नेलगायतका काम गर्नेछ । कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य वैँकको प्रदेशका १० वटै जिल्लामा गरेर १८ वटा शाखा रहेका छन ।
सुर्खेतमा विद्यापुर, दैलेखको दुल्लु र रुकुममा चौरजहारीमा द्वन्द्वकालमा विस्थापित भएका शाखाहरु पुनस्थापना गरिएको छ । यस्तै सुर्खेतको वीरेन्द्रनगर बजारमा बैंकको अर्को शाखा खुल्ने भएको छ । त्यसको लागि तयारी पनि भइरहेको बैंकले जनाएको छ । यस्तै रुकुम पश्चिम र सल्यानमा सदरमुकाममा पनि शाखा खोल्ने काम भैरहेको छ । सुर्खेतको वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकामा एक्सटेन्सन काउण्टर स्थापना गर्ने काम भैरहेको बताइएको छ ।
प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार १९:०५