काठमाडौं । मोर्गन इन्टरनेशनल कलेजमा स्नातकतहमा अध्ययनरत सामाजिक कार्यका विद्यार्थीहरुले काठमाडौंको बुढानिलकण्ठमा रहेको श्रृजना सामाजिक सेवा समाजमा बस्दै आएका अनाथ बालबालिकाहरुको एक दिने क्रियाकलाप अध्ययन तथा अनुगमन गरेका छन् ।
विद्यार्थीले त्यहाँ बस्दै आइरहेका बच्चाहरुको मनोसामाजिक अवस्था, संस्थाको दैनिक क्रियाकलाप र बच्चाहरुको गतिविधिहरुबारे अध्ययन गरेका थिए । मोर्गन कलेजका विद्यार्थीहरु अनाथ आश्रम पुग्दा बालबालिकाहरु सुतिरहेका थिए । उनीहरुलाई विस्तारबाट उठाएर बालबालिकाहरुलाई विभिन्न उपहार दिई बच्चाहरुको विहानीको सुरुवात गराएका थिए ।
बालबालिकाहरुका लागि खाजा तयार गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको थियो । अनाथ आश्रममा बसेका बालबालिकाहरुले आफ्नै कलात्मक प्रस्तुति पनि गरेका थिए ।
प्रथम वर्षमा अध्ययनरत विशाल पौडेल कलेजका सुरुवातीदिन देखिनै दैनिक कक्षाहरु बाहेक विभिन्न विषयका विज्ञद्वारा सञ्चालित कक्षाहरुमा उपस्थिति जनाउन पाउदाँ र प्रत्यक्ष अनाथालयमा रहेका बालबालिकाहरुको मनोविज्ञान वुझ्नपाउदाँ साह्यै हौसला र प्रेरणा मिलेको बताउँनुहुन्छ ।
त्यसैगरी दोस्रो वर्षमा अध्ययनरत प्रकाश सिंहले बच्चाहरुको अवस्थामा सुधार ल्याउन जरुरी देख्नु भयाे । उहाँले भन्नु भयाे, ‘यहाँ रहेका बच्चाहरुलाई अझै काउन्सिलिङको आवश्यकता छ ।’ उहाँले संस्थाले बच्चाहरुका सन्दर्भमा राम्रो काम गरेतापनि उचित स्रोत साधनको अभाव रहेको बताउनु भयाे । संस्था सञ्चालनमा संस्थाको फितलो व्यवस्थापनले बालबालिकाको मानसिक, शारिरीक विकासमा असर पुगेको र उचितश्रोत साधन जुटाउन र हेरचाह गर्नका लागि आवश्यक विज्ञ टोलीको आवश्यकता रहेको उहाँकाे भनाई छ ।
यस्तै तेस्रो वर्षकी कल्पना थापाले कक्षा कोठामा संस्था दर्ता गर्ने प्रक्रिया र संच्चालन गर्दा आवश्यक तत्वबारे अध्ययन गरेको कुरा हुवहु नभएको बताउनु भयाे ।
संस्था सञ्चालनको तत्वमध्ये वजेट र विज्ञ कर्मचारीको अभाव रहेकाले बालबालिकाहरुमा मनोबैज्ञानिक दवाब रहेको छ ।
उहाँ थप्नु हुन्छ सिहंदरवार गाउँगाउँमा पुगेको समाचारमा पढिरहदा काठमाडाैंको बुढानिलकण्ठमा भने यस्तो अवस्था देख्दा सरकारको आखाँ जान जरुरी छ।
विद्यार्थीहरुले बच्चाहरुका लागि विभिन्न खेल तथा रमाइलो गराउने क्रममा बच्चाहरुको अन्तरनिहित प्रतिभा देख्दा छक्क परेको बताउनुहुन्छ प्रथम वर्षकी सिमरन थापा मगर ।
विद्यार्थीहरुले अनाथालयमा रहेका बालबालिकाहरुका लागि आवश्यक खाद्यन्नका साथै पढाईका सामग्री प्रदान गरेका थिए । विद्यार्थीहरुले बच्चाहरुलाई विभिन्न खेलबाट मनोरञ्जन गराएका थिए । सो अवसरमा मोर्गन कलेजका सामाजिक कार्य विभागबाट किरण थापा, अनाया प्याकुरेल र हेलेन सिलवालले सहजिकरण गरेका गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: १२ पुष २०७६, शनिबार १२:३१