मुगु । छायाँनाथ रारा नगरपालिकाले दाउरा नपाउने दुई गाउँमा एक घर एक ग्यास चुलो अभियान सुरु गरेको छ । दाउराको समस्या हुने १३ नम्बर वडा का लापु र लह गाउँका ५७ घरदुरीका स्थानीयका लागि छायाँनाथ रारा नगरपालिकाले एक घर एक ग्यास चुलो अभियान थालेको हो ।
छायाँनाथ रारा नगरपालिका अन्तरगत गरिब संग नगर प्रमुख कार्यक्रम अन्तरगत लापुका २५ र लह गाउँका ३२ घर दुरी गरी जम्मा ५७ वटा घरदुरी लाई ग्यासचुलो वितरण गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
अन्न भन्दा दाउराको चिन्ताले सधै पिरोल्ने गरेको लापु र लह गाउँमा ग्यास चुलो वितरण गरे संगै त्यहाँका स्थानीय खुशी भएका छन् । लापु गाउँकी पाल्ती विकका अनुसार गाउँमै ग्याँस चुलोमा खाना पकाउन पाउँदा आफु अत्यन्तै खुशी भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘दाउराको समस्या थियो दाउराको खोजि गर्दै दिन बित्ने र बाल बच्चाको बिचल्ली हुने समस्याबाट यहाँका महिलाले मुक्ति पाएकी छौं ।’ उहाँले भन्नु भयो, ‘वर्षौंदेखि धुवाँले आँखा पिरो हुँदासम्म खाना पकाउन बाध्य थियौ । अहिले ग्याँस चुलोमा खाना पकाउन पाउँदा खुसी छौ ।’
अर्का स्थानीय गोरा विकका अनुसार आप्mनो वन नभएको र दाउरा ल्याउन छिमेकीको वनमा जाने गरेका थियांै । एक भारी दाउरा ल्याउन दुई दिन लगाउनु पर्ने बाध्यता थियो । धुवाँरहित ग्यास चुलो पाउदा गाउँका सबै हर्षित भएका उहाँको भनाई छ ।
एक वर्ष अघि घरदैलो अभियान कार्यक्रम अन्तरगत लापु र लह गाउँमा जादाँ त्यस क्षेत्रका नागरिकले आफुहरुको जंगल नभएको र दाउराको समस्या प्रमुख भएको जन गुनासो गरे पछि स्थानीय नागरिकलाई सिहंदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन र दाउराको खोजि गर्दै समय बर्वाद गर्न नपरोस, स्वास्थ्य स्थितिमा सुधार आहोस, बालबालिको बिचल्ली नहोेस भन्ने उदेश्यका साथ दाउरा नपाउने लापु र लह गाउँका ५७ घर दुरीका स्थानीयलाई एक घर एक ग्यास चुलो वितरण गरी सहयोग गरेको छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।
गरिबसंग नगर प्रमुख कार्यक्रम अन्तरगत दाउरा नपाउने दुई गाउँ लापु र लहमा ६ लाख बराबरका ५७ वटा ग्यास, चुलो सहयोग गरेका नगर प्रमुख शाहीको भनाई छ ।
आईतबार ग्यास चुलो हस्तान्तण कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले नागरिकका समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताउनु भयो । उहाँका अनुसार क्रमिक रूपमा समस्या समाधान गर्ने तर्फ आफु लागि परेको र यस्ता कार्यक्रम अन्य गाउँमा पनी लागु गर्ने बताउनु भयो ।
उहाँले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने र समस्या समधानको लागि छायाँनाथ रारा नगरपालिकाले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
गरिबसंग नगरप्रमुख कार्यक्रम अन्तरगत गाउँगाउँमा पुगेर नगरबाट सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारिताका नागरिकसंगका समस्या बारे जानकारी लिने, योजनाको अनुगमन गर्ने, स्थानीयका गुनासा र सुझाव लिने काम गरिरहेको र समस्या समाधान गर्नपनि लागि परेको नगरप्रमुख शाहीको भनाई छ
प्रकाशित मिति: ८ पुष २०७६, मंगलवार ०८:२२