छाला सम्बन्धि समस्या भएको मानिसमा केहि हद सम्म आफ्नै लापारवाहि तथा हेलचेक्राईका कारण धेरै दुःख पाईरहेको देखिन्छ । विशेष गरी करेसा तथा खेतवारीमा हिलोमाटो खेलाउने मानिसहरु, माटो, वालुवा तथा सिमेन्टको काम गर्ने मानिसहरु, घरायसी गृहणी महिला जो अत्याधिक मात्रामा साबुन तथा सर्फ पानी खेलाउछन, ग्यारेज तथा उद्योगमा मबिल, खिया, तेल जस्ता चिजहरु संग दैनिककाम गर्ने मानिसहरु,त्यसै गरि धेरै पसिना आउने वा आउदै नआउने, नरम छाला हुने, छाला धेरै सुखा रहने वा धेरै मात्रामा चिल्लो पना आउनेमा छालाको समस्या देखिन्छ ।
हिजो आज शरिरमा विभिन्न प्रकारका दागहरु देखिने, पैसे दाद, छाला बाख्लो हुने, कत्ला बस्ने वा चिलाउने, हात खुट्टा फुट्ने वा चिरा पर्ने,मुसा, खिल तथा काटे वा चोट लागेको ठाउमा मासु पलाउने,अनुहारमा चायाँ पोतो तथा डण्डिफोरका दागहरु रहने, एक्कासी कपाल वा आँखि भौ वा शरिरका रौंहरु झर्ने जस्ता समस्याहरु देखा परिरहेको अवस्था छ। मानिसहरु जब सम्म समस्याले पिरोल्दैन, कुरुप पार्दैन वा दुःख दिदैन त्यसको वास्ता नै गर्दैनन् । शुरवात अवस्थामा नै समस्याको जाँच गरे निको हुन सक्छ तर मानिसहरु विशेषज्ञको सल्लाह नलिई आफै औषधि खाने जथाभावी मलमहरु प्रयोग गर्ने गर्नाले समस्या झनै बढि हुने गरेको छ ।
सर्वप्रथम त रोग लाग्न नदिई रोगथाम गर्नु नै उत्तम विधि हो । त्यसैले सबै मानिसहरुले आफ्नो शरिरको अवस्थालाई सुट गर्ने वा एलार्जिक हुने सामाग्री (कस्मेटिक बस्तु, औषधि, वा खान पिन)मा ध्यान दिनुपर्छ र एलार्जिक बस्तुको प्रयोग गर्न छाड्नु पर्छ ।
हिजो आज बजारमा विभिन्न प्रकारका उपकरण तथा सामाग्रीहरु उपलब्ध छन । जसको प्रयोगले हाम्रो शरिरमा असर गर्ने तत्वहरुबाट जोगाउन मद्दत गर्दछ ।
जस्तै बारीमा काम गर्दा वा पानी खेलाउदा हाउसहोल्ड वोर्किङ्ग ग्लोब्स (रवरको पन्जाको) प्रयोग गर्ने, नियमित रुपमा शरिरको सरसफाई गर्ने, शरिरमा चिल्लो पनाको मात्रा सन्तुलित राख्न क्रिम, लोसन तथा फेश वासहरुको प्रयोग गर्न सकिन्छ । तर कुनै पनि सामाग्री प्रयोग गर्दा त्यसकोप्रयोग विधि, गुणस्तर र उपयोगीता वारे सम्बन्धित विशेषज्ञसंग सल्लाहलिई आफ्नो समस्यावारे छलफल गरि कुनै पनि सामाग्री, कस्मेटिक बस्तु, औषधि तथा मलमहरुको प्रयोग गर्दा बढि लाभदायक हुन सक्छ ।

डा. खगेन्द्र गौतम
एम.वि.वि.एस (के.यू)
सुलभ सिटि पोलिक्लिनिक
वी.न.पा ९, मंगलगढिचोक, लाटिकोईली रोड, सुर्खेत
(उहा साईनिङ्ग अस्पताल आई.एन.एफ सुर्खेतमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार १०:१७