काठमाडौँ । नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका ९नासा० ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ ।
अमेरिकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल सरकारका न्याय तथा कानुन मन्त्री भानुभक्त ढकालले कार्यक्रमको सुरुवात गर्नु भएको छ ।
नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका ९नासा०ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ । नेप्लिज एसोसिएसन अफ जर्जिया ९नाग०को सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै भ्रमण बर्ष २०२० को ब्यानर खोली प्रमुख अतिथि ढकालले कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले प्रबासमा रहेर पनि नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा आफु निकै खुशी भएको र सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो । उहाँले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने बताउनु भयो ।
बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्धत पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता ९लिडर० सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान हुनु भएको थियो । अर्का सिनेटर शेख रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा लगाएतले शुभकामना संदेश दिनु भएको थियो ।
सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बिचमा आएर बोल्न पाउदा खुसि ब्यक्त गर्नु भयो । उहाँले एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताउनुभयो । नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसिले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिनुभएकाे थियाे ।
१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाति बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताउनु भयाे ।
कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताउनु भयाे । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।
यसैगरी भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरि चारवटा गाडी रोक्ने स्थल शेल्टर ९ बस चढ्ने र उत्रने सार्वजनिक स्थल ० मा भ्रमण बर्षको तुलहरु राखिएको छ ।
भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको छ । जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल ९फेसबुक०मा भ्रमण बर्षको लोगो ९प्रतिक चिन्ह ० लाई प्रोफाइल ९ परिचय ०को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।
जसमध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल ९फेसबुक०मा भ्रमण बर्षको लोगो ९प्रतिक चिन्ह ० लाई प्रोफाइल ९ परिचय ०को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।
यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताउनुभयाे ।
अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरिएकाे छ ।
प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहीबार १३:१४