मुगु । मुगुको प्रमुख पर्यटकीय गन्तब्य स्थल रारा देखि छायाँनाथ मन्दिर दर्शन गर्न जाने यात्रुकोे लागि मंगलवार उक्त स्थानमा हेलिकोप्टर परिक्षण उडान गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० कर्णाली प्रदेश पर्यटन बिकास समितिले परिक्षण उडानको ब्यबस्था मिलाएको हो । समुन्द्री सतहदेखि करिब चार हजार पाँच सय मिटरको उचाईमा रहेको मुगुम् कार्मारोङ्ग गाउँपालिका दोल्फुमा अवस्थित छायाँनाथ मन्दिर नजिकैबाट फिस्टेल एयरको हेलिकोप्टरबाट परिक्षण उडान गरिएको नेपाल पर्यटन वर्ष २०२० अन्तरर्गत कर्णाली प्रदेश पर्यटन बिकास समितिका अध्यक्ष राजु कार्कीले जानकारी गराउनु भयो ।
उक्त परिक्षण उडानमा प्रतिनिधि सभाका सांसद गोपाल बहादुर बम, कर्णाली प्रदेश पर्यटन बिकास समितिका अध्यक्ष राजुकार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहाुर मल्ल रहनु भएको थियो ।
रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि हेलिकोप्टर प्याकेज शुरु गर्न लागेको अध्यक्ष कार्कीले बताउनु भयो । बिकटतासँगै प्रचार प्रसार अभावका कारण राष्ट्रिय एबं अन्तर्राष्ट्रिय हिसाबले ओझेलमा पर्दै आएको बिश्वका चार ओटा धाम मध्ये छाँयानाथ धाम धार्मिक हिसाबले अत्यन्तै महत्वपूर्ण धाम भएकोको कुरा श्री सोस्थानी ब्रतकथाको स्कान्द पुराणमा समेत उल्लेख भएको पाईन्छ । महादेबकी पत्नी सतीदेबीको मृत्यु भैसकेपछि मृत पत्नीको शव बोकेर महाँदेब हिड्दै, भौतारिदै जाँदा अन्त्यमा छायाँक्षेत्रमा सतीदेबिका सबै अङ्गहरु पतन भएको ठाउँ भएको कुरा समेत उक्त पुराणमा उल्लेख भएको पाईन्छ ।
त्यसैले हरेक वर्ष उक्त स्थानमा साउन शुक्लपक्ष तिथि देखि जनैपूर्णिमाा दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ । मेला भर्नका लागि हजारौं तिर्थालुहरु कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट र सुर्खेत लगायत बाजुरा समेतबाट बिभिन्न देवताका धामी पुजारी लगायत बिभिन्न किसिमका बर माग्नको लागि, पाप कटाउनका लागि, आप्ना दिबंगत पितृहरुलाई पिण्ड दिन र ब्रतबन्ध गर्नका साथै महादेवको दर्शन गर्न आउने गर्दछन् । मुगुको सदरमुकाम गमगढीबाट उत्तर दिशा हिडेर तिन दिनको पैदल दुरीमा पुगिने उक्क्त मन्दिरको दर्शन गर्न सके जिवनमा कहिले पनि अनिष्ट नहुने मनले सोचेको र चाहेको कुरा पुग्ने धार्मिक बिश्वास रही आएको छ ।
अनकन्टारको पखेरामा र हिमालको बिच फेदीका ढुङ्गाबाट बनेका सामान्य मन्दिर कुनै सजीसजावट भने छैन । राज्यको नजरमा नपरेपनि ढुङ्गाकै मन्दिर भएपनि धार्मिक हिसावले कर्णाली प्रदेशका जनताको आस्था र बिश्वासको केन्द्र बिन्दु बनेको छ ।
छायाँनाथ धाममा कर्णाली पर्यटन बिकास समितिले हेलिकोप्टर बाट पर्यटकहरु लाई छायाँनाथ धाम घुमाउने नीति अगाडि सारेको छ जसले कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने र पर्यटन विकासको माध्यमबाट देशलाई समृद्धि तिर बढाउन टेवा मिल्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार १९:४८