काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भाषण र उखान टुक्काले मात्रै देश नचल्ने बताउनु भएकाे छ । उहाँले ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै हुतिहारा सरकारले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो भयकाे बताउनु भयाे ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ ले आज आयाेजना गरेकाे शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले दुईतिहाइको बलियो कम्युनिष्ट सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम पनि खुलाउन नसकेको भनेर सरकारकाे आलोचना गर्नु भयाे ।
नेपाली कांग्रेसका नेता सिंहले नागढुंगा–नौबीसे सडकको जाम पनि खुलाउन नसक्ने सरकारले जनताकाे अपेक्षा पुरा गर्न नसक्ने बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए, भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’ नेता सिंहले जिम्मेवार बन्न सरकार लाई आग्रह समेत गर्नु भएकाेछ ।
बजारमा दैनिक उपभोग्य सामानको मूल्य ह्वात्तै बढेको बताउँदै नेता सिंहले सरकार काम गर्न नसकेर असफल भएको बताउनु भएकाेछ । उहाँले भन्नुभयाे, ‘यो सरकारले काम गर्न सकेको छैन । जनताको न्यूनतम् चाहना पनि पूरा गर्न सकेन, हरेक ठाउँमा असफल भएको छ ।’
सरकारलाई संविधान विपरितका काम नगर्न चेतावनी दिंदै नेता सिंहले सी विचारधारालाई ल्याएर अरु काम काे प्राथमिकता छाडेर अनावश्यक कुरामा केन्द्रित भएको आराेप समेत लगाउनु भएकाे छ । उहाँले चिनियाँ मोडलको व्यवस्था देशमा भित्र्याउने कार्य गर्न खाेजे दुर्भाग्यपूर्ण हुने समेत बताउनु भएकाेछ ।
प्रकाशित मिति: ११ आश्विन २०७६, शनिबार १२:०७