काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा लगानीका लागि सवैखालका कानुनी जटिलताको सामाधान गर्ने वताउनुभएको छ । नेपालउद्योग परिसंघको आयोजनामा बुधवार राजधानीमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसंग समन्वय गर्दै सवै खालका कानुनी तथा संवैधानिक जटिलताको सामाधान गर्ने वताउनुभयो ।
कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने वताउदै मुख्यमन्त्री शाहीले ढुक्कका साथ लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । मुनाफा र लगानी सुरक्षाको ग्यारेन्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा नीजि क्षेत्रको लगानी भित्रिनेमा आफु विश्वस्त रहेको वताउनुभयो ।
अधिकांश हिमाली क्षेत्र, सवैभन्दा लामो कर्णाली नदी, रारा, शे–फोक्सुण्डो, तथा मनमोहक जंगली पाटन सहितको कर्णाली प्रदेशमा पर्यटन विकासको राम्रो संभावना रहेको उहाँले वताउनुभयो । धार्मिक पर्यटनको विकासमा पनि राम्रो संभावना रहेको भन्दै मुख्यमन्त्री शाहीले छायानाथ, पूर्वाधार विकासमा पनि नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनु भयो । उहाँले कर्णाली र भेरी करिडोरमा द्रुतमार्ग, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत उत्पादन तथा ४०० केभिएको विद्युत प्रशारण लाईन विस्तारमा पनि नीजि क्षेत्रले लगानी गर्न सक्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका ठुला ठुला चरण क्षेत्र उपयोग गरि मासु जन्य तथा दुग्ध जन्य पशुपालन, माछापालन, औषधीय गुण सहितको अर्गानिक अन्न तथा फलफुल उत्पादका क्षेत्रमा नीजि क्षेत्रले लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्ने धारणा राख्नुभयो ।
वहुमूल्ययार्सा लगायतका जडीवुटीको भण्डारका रुपमा रहेको कर्णालीमा जडीवुटी प्रशोधन उद्योग, ग्याँस तथा धातु जन्य खनिज उद्योग, सिमेण्ट उद्योगका क्षेत्रमा पनि लगानी गर्न सकिने उहाँको भनाई छ ।
नीजि क्षेत्रको लगानी विना विकास र समृद्धिको लक्ष्य हाँशील गर्न असम्भव रहेको भन्दै मुख्यमन्त्री शाहीले तिव्र विकास सहित समृद्धि हासिल गर्ने प्रदेश सरकारको अभियानमा हातेमालो गर्न नीजि क्षेत्रलाई आव्हान गर्नुभयो ।
प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार १७:४०