सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले संसदमा भएका छलफललाई पारदर्शी बनाउनका लागि सञ्चारमाध्यमको ठुलो महत्व भएको बताउनु भएको छ । उहाँले सञ्चारमाध्यमले सहि ढङ्गले संसदमा भएका छलफललाई जानकारी दिनसकेको खण्डमा पारदर्शी हुने बताउनु भयो ।
वीरेन्द्रनगरमा बुधबार फ्रिडम फोरमको आयोजनामा भएको खुला संसद : अवधारणा र अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख शाहीले सरकारलाई प्रभावकारी ढङ्गले अघि बढाउनका लागि यस्ता कार्यक्रमहरुको जरुरी रहेको बताउँदै संसदमा भएका छलफललाई सकेसम्म पारदर्शी बनाइएको बताउनु भयो ।
संसदमा कानुन निर्माणको प्रक्रियामा आम जनताको सुझाब लिन सकिने भएपनि सबै विद्येयक बनाउँदा आम जनताको सुझाब लिन कठिन हुने बताउनु भयो । संसदमा कानुन निर्माण गर्ने प्रक्रियामा सरोकारवालाको सहभागिता हुने गरेको उहाँले जानकारी दिनु भयो ।
उहाँले संसदमा कानुन निर्माण गर्ने परम्परागत प्रक्रियाले गर्दा आम जनताका विचमा जान नसकिएको बताउँदै संसदले आम जनतालाई उत्तरदायी बनाउने कार्य गरिरहेको बताउनु भयो । सभामुख शाहीले कर्णाली सरकारको पारदर्शिताको लागि प्रदेश सभाले वेभसाइटमा सभाका सबै कुराहरु राख्ने गरेको जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘प्रदेश सभाको आफ्नै वेभसाइट खोलेका छौ, जसमा हामीले त्यसमा सबै कुराहरु स्पष्ट राख्ने गरेका छौ ।’
कार्यक्रममा उपसभामुख पुष्पा घर्ती, सांसदहरु धर्मराज रेग्मी, ठम्मर विष्ट, राजु नेपाली, अमृता शाही, यज्ञबहाुर विसी, अमरबहादुर थापा, सिता नेपाली, नागरिक सरोकार संघका पिताम्बर ढकाल अधिवक्ता रमा प्याकुरेल लगाएतको सहभागिता रहेको थियो ।
प्रमुख सचिव केवल भण्डारीले सूचनाको हक सम्बन्धि कानुन आएको १३ वर्ष वितिसक्दा पनि सूचनामा आम मानिसहरु पहुँच बाहिर रहेको बताउनु भयो । उहाँले सूचनाको हकमा राम्रा काम भएपनि उपलब्धी भने केही हासिल हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले खुला संसदका आंचरण कानुन निर्माण गर्ने संसद भएको बताउँदै यसमा पारदर्शिता हुन जरुरी रहेको बताउनु भयो । उहाँले संसदीय कानुन र अभ्यासको लेखाजोखा÷ कानुन निर्माणमा खुलापनको अभ्यास हुन जरुरी रहेको जनाउनु भयो ।
कार्यक्रममा प्रदेश सभाका सचिब जिवराज बुढाथोकीले संसदमा पत्रकारहरुको महत्वपुर्ण भुमिका रहेको बताउँदै मिडिया सेन्टरको आवश्यकता भएको बताउनु भयो । उहाँले संसदमा समाचार संकलनका लागि सबै पत्रकारहरुका लागि मिडिया सेन्टर निर्माण गरेको उक्त सेन्टर निर्माण हुने वित्तिकै समस्याको समाधान हुने बताउनु भयो ।
प्रकाशित मिति: १२ भाद्र २०७६, बिहीबार १८:४२