मुगु । नेपालकै ठुलो ताल रारा ताल लगायत रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाले स्थानीय लोक संस्कृति र स्थानीय परिवेशमा आधारित राराको मोती नामक टेलिसृङ्खला र डकुमेन्ट्री निर्माण गरेको गरेको नेपाली सेना श्रीदल गुल्मका सहसेनानी निरज रानाले जानकारि दिनु भयो ।
विशेष गरि रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र तथा मध्यवर्ती क्षेत्रमा रहेका बिभिन्न प्राकृतिक श्रोत जैविक विविधता र गैरकाष्ठ वन पैदावरको सुरक्षार्थ खटिएको नेपाली सेनाले सेना किन र केका लागि भन्ने कुरा उक्त राराको मोती नामक टेलिश्रृङ्खलामा समेटिएको छ ।
जसमा विभिन्न दैविक विपती, प्रकोप, वाढी पहिरो, आगलागि, भुईचालो, महामारी लगायत देशमा आईपर्ने हरेक संकट र विपतिमा नेपाली सेनाले खेल्ने भुमिकाको विषय उक्त टेलिसृङ्खलामा समेटिएका छन् ।
डकुमेन्ट्रीमा रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा नेपाली सेनाले खेलेको भुमिकाको विषय समेटिएको छ । राराको मोती नामक टेलिश्रृङ्खलामा नेलाली सेनाका कलाकारहरुका साथै मुर्मा गाउँ निवासी बाल कलाकारको रुपमा मोतीलाल रोकायाले विशेष भुमिका निर्वाह गरेको बताईएको छ ।
२०३५ साल देखि राराराष्ट्रिय निकुञ्ज र रारातालको सुरक्षा गर्दै आएको नेपाली सेनाले निकुञ्जको सुरक्षा गर्दा खेल्नु पर्ने आवश्यक गतिविधिहरुका साथै आएको विभिन्न समयमा हुने चोरी सिकारी निकुञ्जमा छाडा छोडिएका पशु चौपाय नियन्त्रणमा लिनेकामका साथै निकुञ्ज कर्मचारीका साथ सेनाले निकुुञ्ज क्षेत्र भित्र संयुक्त गस्ती गर्दै आएको कुरा समेत डकुमेन्ट्रीमा समेटिएको नेपाली सेनाले जनाएको छ ।
यसका अलावा विभिन्न समयमा स्थानीयलाई सहज स्वास्थ्य पहुँच पुर्याउन स्वास्थ शिविर, तालको सरसफाई, बाटो र सार्वजनिक शौचालय निर्माण समेतका क्षेत्रहरुमा नेपाली सेनाले उल्लेखनिय भुमिका निर्वाह गर्दै आएकोले नेपालको इतिहसका हरेक काल खण्डमा अब्बल भूमिका निर्वाह गरेका कुराहरुलाई टेलिश्रृङ्खला र डकुमेन्ट्री द्वारा प्रस्तुत गर्न खोजिएको छ ।
प्रकाशित मिति: १२ भाद्र २०७६, बिहीबार १३:२९