काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धिहरुकाे रक्षा गर्न सबै दलहरु जिम्मेवार बन्नु पर्ने बताउनु भएकाे छ । सत्तामा बस्नेले म मात्रै हाे अरु दल केही हैन भन्ने साेचले अघिबढेकाले दलहरु बिच तिक्तता बढ्दै गएकाे प्रति उहाँले चिन्ता व्यक्त गर्नु भयाे ।
नेपाल दलित संघ काठमाडौंले आज आयाेजना गरेकाे एसईई सम्मान कार्यक्रममा बाेल्दै कांग्रेस नेता सिंहले वर्तमान सरकारकै कारण मुलुक असफल राष्ट्र बन्न लागेकाे आराेप समेत लगाउनु हुँदै सरकारकै ढुलमुले चरित्रकाे कारण शिक्षा क्षेत्र, हाेस् या आर्थिक क्षेत्र तहसनहस भएकाे बताउनु भएकाेछ । उहाँले शान्ति सुरक्षाको अवस्था झनझन कमजाेर बन्दै गएकाेछ बताउँदै बिपत्तिकाे बेलामा जनताकाे साथमा राज्य छ भन्ने आभास समेत दिलाउन नसक्नुले सरकारकाे बिषयमा के बाेल्ने के भन्ने भन्ने नै नरहेकाे समेत बताउनु बताउनु भयाे ।
कांग्रेस नेता सिंहले सरकारले समयमा आवश्यक ऐन कानुन निर्माण गर्न नसकेकाले लाेकसेवा आयाेगले संचालन गरेका परीक्षा समेत विवादमा तानिएकाे बताउनु भएकाेछ । उहाँले सरकार जनउतरदायी हुन नसक्दा एक पछि अर्को विवादमा तानिदै जानू मुलुकै लागि दुर्भाग्य भयकाे बताउनु भयकाेछ ।
उहाँले नागरिकको अपेक्षा पूरा गर्न भन्दा सस्तो प्रचारबाजीमा अल्मलिकाे याे सरकारले मुलुकलाई निकास दिन समेत नसक्ने भएकाले अब न आस गर्न सकिने न विश्वास गर्न सकिने दुबै अवस्था नरहेकाे भन्दै सरकार नागरिककाे नजरबाट समेत गिरिसकेकाे बताउनु भयाे ।
कार्यक्रम काठमाडौं कांग्रेस सभापति सबुझ बानियाँ, सांसद प्रकाश रसाइली, नराेत्म बैध, जीवन ढंगाेल लगायतले आ-आफ्नाे बिचार राख्नु भएकाे थियाे भने कार्यक्रम दलित संघ काठमाडौं जिल्ला सभापति गंगा सुनुवारकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा यस वर्ष काठमाडौं जिल्लाबाट यसईई परीक्षा उत्तीर्ण गरेका सय भन्दा बढि विद्यार्थीलाई सम्मान गरिएकाे थियाे ।
प्रकाशित मिति: ४ श्रावण २०७६, शनिबार १६:२८