मुगु । गिट्टी कुट्ने र भारी बोकेर जहान पाल्दै आएका काला वि.क.का परिवारमा छोरालाई डाक्टर पढाउला भन्ने कुनै कल्पनानै थिएन । तर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँ निवासी काला बि.क.का छोरा देविकृष्ण वि.क. बङ्गलादेशमा डाक्टर अध्ययनमा छन् ।
छायाँनाथ रारा नगरपालिकाको नगरक्षेत्र भित्रका. अनाथ, दलित तथा जेहेन्दार विद्यार्थीलाई डाक्टर, इन्जिनियर लगायत अन्य विषयमा उच्च शिक्षा अध्ययन गराउनका लागि छात्रवृत्ति उपलब्ध गराउने नीति पारित गरेको थियो ।
सोही नीति अनुरुप छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँका देविकृष्ण वि.क.ले डाक्टर पढ्ने अवसर पाएका हुन् । छायाँनाथ रारा नगरपालिकाले गत आर्थिक वर्षमा निजलाई रु ५ लाख छात्रवृत्ति उपलब्ध गराएको थियो ।
आर्थिक वर्ष २०७५/०७६ को छात्रवृत्ति रु. ४ लाख बराबरको चेक नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शाहीले देविकृष्णका बाबु काला विकलाई र बङ्गलादेशमै डाक्टर तेस्रो वर्षमा अध्ययनरत छायाँनाथरारा नगरपालिका वडा नम्बर १ निवासी नन्दकला मल्लकी छोरी कामना मल्ललाई पनि रु. २ लाख बराबरको अनाथ विद्यार्थीका लागि छात्रावृत्ति स्वरुप चेक उपलब्ध गराईएको थियो ।
उच्च शिक्षा अध्ययनका लागि छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ का धर्मेन्द्र विक सोही वडाका विक्रम खड्का, वडा नम्बर ५ का धर्मराज बिकलाई जनही रु. ५० हजारका दरले आफन्तहरुलाई चेक हस्तान्तरण गरिएको थियो । छायाँनाथ रारा नगरपालिकाद्वारा विहीबार आयोजित एक कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शहीले उक्क्त चेक हस्तान्तरण गर्नु भएको हो ।
छात्रवृत्तिमा डाक्टर अध्ययनरत विद्यार्थीलाई तिन वर्ष जिल्ला अस्पताल ठिनी मुगुमा सेवा गर्न समेत कबुलनामा गरेको बताईएको छ ।
प्रकाशित मिति: २६ असार २०७६, बिहीबार २१:००