मुगु । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कार्यकताहरुले मुगुका स्थानीय सरकारका कार्यालयहरुमा आइतबार राती लगाएका ताला खाेलिएकाे छ ।
जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा गए राती विप्लवका कार्यकर्ताहरुले लगाएका ताला खाेलिएका हुन् ।
तिन वटा स्थानीय तहमा राती नै ताला लगाएपनि मुगुम कार्मारोङ्ग गाउँपालिका प्रहरी चौकी पुलुसँगै जोडिएकाले यहाँ भने ताला लगाउन नसकेको बताईएको छ ।
राती नै ताला लगाएर प्रत्येक कार्यालयको गेटमा प्रेस विज्ञप्ती समेत टाँस गरिएको छ । राती विप्लवका कार्यकर्ताहरुले ताला लगाए पनि विहानै प्रहरीले लगाईएका ताला तोडेका छन ।
सोरु गाउँपालिकामा विप्लवका कार्यकर्ताहरुले गेटमा टासेको विज्ञप्ती प्राप्त भएको छ विज्ञप्तीमा स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारलाई १५ बुँदे आरोप लगाईएको छ ।
विज्ञप्तीमा संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको, स्थानीय तह, प्रदेशमा ब्रमलुट मच्एिको, कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गदै तलव भत्ता दिईएको, वर्ष दिन वित्दा पनि सामजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा अनुकलतामा छनौट गरिएको, वर्ष भरी चुप लागेर आर्थिक वर्षको अन्तमा बजेट सिध्याउन हतारमा काम थालनी र निकासा गरेको, चालु र पूँजीगत बजेटको सार्वजनिक सुनुवाई नगरेको, जनताका छोरा छोरीलाई बेरोजगार बनाई कमिसनको लोभमा जन प्रतिनिधि र आसेपासेले नै डोजर चलाएको, गरिव जनतालाई करको भारी बोकाएको भन्दै ताला बन्ध गर्नु परेको उल्लेख गरिएको छ ।
संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल जिल्ला कार्य समिति मुगुका नाममा टाँस गरिएको विज्ञप्तीको अन्तमा उल्लेखित समस्याहरुको समाधान नगरी ताला खोली कार्यालय संचालन गरेमा स्थानीय तहमा हुन जाने क्षतिको जिम्मेवार स्थानीय सरकार नै हुनु पर्नेछ भनी घुमाउरो तरिकाले धम्की दिईएको छ ।
विप्लवका कार्यकर्ताले सबै स्थानीय तहमा ताला लगाएको बताएपनि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक राजेन्द्र वावु रेग्मीले सोरु गाउँपालिका परिसरमा विज्ञप्तीको पर्चा भेटिएको, छायाँनाथ रारा नगरपालिकामा ताला लगाएपनि विहान प्रहरीले खोलेको र टाँस गरिएको विज्ञप्तीको व्यहोरा सोरुका जस्तै रहेको र खत्याड गाउँपालिकामा सम्पर्क हुन नसकेको र प्रहरी गाउँपालिका तर्फ गएको बताउनु भयो ।
प्रकाशित मिति: २३ असार २०७६, सोमबार १९:५१