बुटवल । नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाकाे सम्मान हुन छाडेकाे बताउनु भएकाे छ । उहाँले देश र जनताकाे हित नै सबैभन्दा महत्त्वपूर्ण कुरा हाे भनेर राजनीति गर्ने गणेशमान सिंहहरु जस्ता राज नेताहरुकाे जिवनीलाई पन्छायर पद नै सबै भन्दा ठुलाेकुरा भनेर आफु र आफ्ना लागि पद लिन जेसुकै गर्ने प्रचलन हाबी हुनुनै आज मुलुककाे दुर्दसा सुरु भएकाे बताउनु भएकाे छ। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आज रुपन्देहीमा आयाेजना गरेकाे लाैह पुरुष गणेशमान सिंहकाे अर्धकदकाे सालिक अनावरण कार्यक्रममा बाेल्दै कांग्रेस नेता सिंहले साे कुरा बताउनु भएकाे हाे ।
कांग्रेस नेता सिंहले अहिलेकाे सरकार बहुमतकाे भएपनि सबैभन्दा डरपाेककाे सरकार भएकाे बताउनु भएकाे छ । उहाँले केपी ओली आफु शक्तिशाली बन्ने धुनमा सबै भन्दा कमजोर प्रधानमन्त्री भएकाे कुरा बताउनु भएकाेछ । कांग्रेस नेता सिंहले आजभाेलि प्रधानमन्त्रीका गुनासा र राेधनले काम गर्न नसकेकाे प्रष्ट हुने बताउनु भएकाे छ। चमत्कार गरेर देखाउन सक्ने हैसियत भएर पनि यतिकाे असफल हुनु दुखत कुरा रहेकाे बताउनु भयाे । उहाँले प्रहरीले शान्तिपुर्ण बिराेध प्रदर्शन गर्दा गरेका धरपकडकाे पनि कडा आलाेचना गर्नु भएकाेछ । सान्ति सुरक्षा कायम गराउन समेत नसकेकाले सरकार आफ्नै गतिविधिका कारण अस्थिर बनेकाे उहाँकाे भनाई छ ।
उहाँले कांग्रेस आजकाे अवस्थामा पुग्नुकाे मुख्य कारण पार्टी बिधानकाे कारण रहेकाे बताउनु भएकाे छ । कांग्रेस नेता सिंहले काम नगर्नेहरुलाई बिधान अनुसारकाे काम गर् भनेर भन्नू पनि बिराेध गर्याे भनेर भन्नेहरु कै कारण पार्टी ममजाेर बनेकाे बताउनु भएकाेछ । उहाँले मुलुकका सामु आएका चुनाैती सामना गर्न पार्टी अब तदर्थ वादमा चलिरहदा सम्भव नहुने भएकाले सशक्त र मज्बुत पाार्टी संगठन निर्माणमा जुट्नु पर्ने बिचार ब्यकत गर्नु भएकाेछ ।
कांग्रेस नेता सिंहले पार्टी कब्जा गर्नेहरुलाई मुलुक कम्युनिष्टहरुले कब्जा गरिसकेकाे कुरा ख्याल राख्न समेत आग्रह गर्नु भएकाेछ । उहाँले पार्टी तदर्थवादबाट संचालन गर्ने कुरा भागबन्डा लगाउने कुरा आफुहरुलाई मान्य नहुने समेत बताउनु भएकाेछ । उहाँले अब राजनीतिक सहतिभन्दा नि पार्टी बिधान र नियमावलीकाे परिधिभित्र बसेर गर्नु पर्नेमा जाेड दिनु भएकाेछ।
कार्यक्रम बाेल्दै कांग्रेस नेता बालकृष्ण खाणले सरकारकाे कडा आलाेचना गर्नु भयाे । उहाँले सरकारका अलाेकतान्त्रिक गतिबिधिकाे बिरुद्ध अब देश भर शान्तिपुर्ण आन्दोलन सुरु गर्ने समेत बताउनु भएकाेछ । उहाँले सत्ताकाे बलमा नागरिक अधिकार एक पछि अर्काे कमजोर बनाउने काममा लागेकाले सरकारका बिरुद्ध आन्दोलनमा जुट्न समेत अपिल गर्नु भएकाेछ ।
कार्यक्रममा रुपन्देही जिल्ला सभापति अबुदुल रज्जाक काठमाडौं जिल्ला सभापति सबुझ बानियाँले आ-आफ्नु धारणा राख्नु भएकाे थियाे भने कार्यक्रम बुटवल उपमहानगर समितिका सभापति खिलराज पाण्डेकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति: १५ असार २०७६, आईतवार १५:१४