मुगु । मुगु जिल्लामा घट्ने विभिन्न मानव अधिकार उल्लङ्घनका घटनाहरु मध्ये महिला हिंसाका घटनाहरुमा कमि आएको देखिएको छ । अनौपाचरिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार सदरमुकाम गमगढीमा आयोजना गरिएको नेपाल मानब अधिकार वर्ष पुस्तक २०२० को प्रकासन पूर्वको अर्ध वार्षिक समिक्षा कार्यक्रममा महिला हिंसामा कमि आएको पाईएको हो ।
अघिल्लो वर्षको छ महिनामा महिला अधिकार उल्लङ्घनका घट्ना बढेका थिए । यो बर्ष महिला अधिकारका घट्ना कमी आएको भएपनि राज्यबाट गिरप्तारीका घट्ना भने बढेका छन् ।
इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले प्रस्तुत गरेको अर्धवार्षिक प्रतिवेदनमा १६ वटा घट्ना रहेका छन् । जस मध्ये राज्यबाट गिरप्तारीका ४, स्वास्थ्य अधिकारका ३ बाल अधिकार ३ जातीय छुवाछुत १ महिला माथी घरेलु हिंसा १, स्वास्थ्य अधिकार ३ र अमानवीय ब्यवहारका १ गरी जम्मा १६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको बताइएको छ ।
अघिल्लो वर्षको अर्धवार्षिक समिक्षाको यहि समयमा १७ वटा मानव अधिकार उल्लङ्घनका घटना घटेकामा ७ वटा महिला हिंसाका घटना थिए तर यो पटक घटेका १६ घटनाहरु मध्य १ मात्र महिला माथी घरेलु हिंसा भएको घटना देखिएको छ ।
जिल्लामा रहेका ४ वटा स्थानीय सरकार मध्ये छायाँनाथ रारा नगरपािलका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाले आफ्नो क्षेत्रहरुमा मदिरा सेवन तथा विक्री वितरणमा निषेध गरेपछि महिला माथी हुने घरेलु हिंसामा कमि आएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सबै क्षेत्र मानव अधिकारसँग जोडिएकाले आ–आफ्ना तह तथा तप्काबाट मानव अधिकारको रक्षामा लाग्नु पर्ने र राज्यका तर्फबाट पनि आफुले मानव अधिकार रक्षाका लागि राष्ट्रिय र अन्तराष्ट्रिय कानुको अधिनमा रही काम, कार्य गर्ने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले व्यक्त गर्नु भयो ।
समिक्षा कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जिल्लामा घटने मानव अधिकारसँग सम्वन्धित घटनाहरु संचारकर्मीहरुले संचार माध्यम मार्फत बाहिर ल्याउने गरेपनि सम्वन्धित सरोकारवालाहरुले सुनुवाई नगरेर मौन रहने गरेको बताउनु भयो ।
प्रकाशित मिति: १४ असार २०७६, शनिबार १६:०९