नाटक ‘क्लेशाः’ मञ्चनको तयारीमा तिव्रता दिइएको छ । नाटक जेठ १७ गतेबाट मण्डला थिएटर, सिंहदरबार पूर्व गेट, अनामनगरमा मञ्चन हुने छ । करमन थिएटरको प्रस्तुती रहेको यस नाटकमा विजया कार्कीकाे निर्देशन रहेकाे छ । करमनले आफ्नो पहिलो नाटक प्रदर्शनीको तयारी गर्दैछ।
‘क्लेशा’ नामक नाटकको मुख्य स्रोत रामायण हो । ‘क्लेशा’ ले ऋषि वाल्मिकीको आलौकिक कहानीलाई विशुद्द समसामयिक रुपमा नाटकीय प्रस्तुती गर्ने चेष्टा गरेको छ । कुनै धार्मिक धागोले नाबेरिकन, एउटा पुनर्परिभाषित साहित्यको रुपमा रामायणलाई व्याख्या गर्दै नयाँ कोणबाट रामायणलाई हेर्न खोजिएको छ।
हिन्दु शास्त्र अनुसारका ‘क्लेश’ का पाँच तत्व (अज्ञानता, अहंकार, मोह, विच्छेद र डर) यो नाटकको दार्शनिक पृष्ठभुमिमा रहने छन् । नेपालको एउटा दुर्गम गाँउमा पंचायति व्यवस्थाको सामाजिक र संस्कृतिक परिवेशमा रामायणका प्रमुख पात्रहरुलाई पुनार्परिभाषित गरिएको छ । ‘क्लेश’ स्कूल, कलेज र विश्वविध्यालयका विद्यार्थीहरु, शिक्षक, रंगकर्मी, कलाकार, संस्कृतिकर्मी, लेखक, पत्रकार, राजनैतिक लगायत सम्पूर्ण रंगमंचका दर्शकहरुको लागि बनाइएको निर्देशक कार्कीकाे भनाई छ । नाटकामा अमृत काउचा, जीवननाथ पौडेल, सविन भट्टराई, कुशल पाण्डे, सृजना अधिकारी, तुफान थापा, सुरक्षा पन्त, स्वपनिल घिमिरे, रूजु शर्मा, प्रतिक मरहठ्ठा, राज खड्का, सबिना थापा, सुदिप खतिवडा लगायतको अभिनय हरेको छ भने रिजन परियारले मञ्च व्यवस्थापन हेर्दै छन् ।
प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार १६:४१