सुर्खेत । नेपाल प्रेस युनियनले आफ्नो २८ औँ स्थापना दिवस आज सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ।
स्थापना दिवसको अवसरमा प्रेस युनियन सुर्खेत शाखाले साइनिङ अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई फलफूल वितरण गरेको छ।
अस्पतालमा उपचार गराइरहेका १८ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका सुर्खेतका पूर्व अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले आगामी दिनमा पनि यस्ता रचनात्मक काममा जुट्न युनियनलाई आग्रह गरे । उनले अहिले दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रता हनन् गर्न खोजेको भन्दै त्यसका लागि प्रेस युनियनको भूमिका सशक्त बनाउनुपर्नेमा जोडदिए ।
युनियनका अध्यक्ष नरेशसिंह थापाको नेतृत्वमा,पदाधीकारी र अस्पतालको सहकार्यमा फलफूल वितरण गरिएको हो।
यसैबीच स्थापना दिवसकै अवसरमा प्रेस युनियन सुर्खेतले चियापान कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका क्षेत्रीय सभापति नारायणकुमार कोइरालाले पत्रकारहरु अझैपनि लोकतन्त्र, पेशागत हक र प्रेस स्वतन्त्रताका लागि लड्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले लोकतान्त्रिक पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित प्रेस युनियनले प्रेस स्वतन्त्रता र पत्रकारहरुको हक अधिकारका लागि अग्रहणी भूमिका निर्वाह गरेको जिकिर गरे ।
कार्यक्रममा टेड्र युनियन कांग्रेस सुर्खेतका अध्यक्ष गणेशकुमार कार्कीले संगठनमा केही कमी कम्जोरीहरु रहेको भन्दै यसलाई सच्चाएर अगाडी बढ्नु पर्नेमा जोडदिए । उनले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता पाउने नेपालको पहिलो सङ्गठनको रुपमा प्रेस युनियन रहेको भन्दै यसलाई मजबुद बनाएर जानुपर्ने उल्लेख भरे ।
कार्यक्रममा प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाको अध्यक्षतामा सम्पन्न भएको हो। लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको सङ्गठनको रुपमा २०४८ सालमा प्रेस युनियनको स्थापना भएको हो।
प्रकाशित मिति: १३ जेष्ठ २०७६, सोमबार १३:०६