मुगु । प्रथम रारा ट्रेल रन प्रतियोगिताको प्रथम उपाधी कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ का दुर्गबहादुर बुढाले जितेका छन् ।
रारा स्थित नेपाली सेनाको श्री दल गुल्मको आयोजनामा बुधवार भएको प्रतियोगितामा बुढाले ताल वरिपरि १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरि एक लाख नगद पुरस्कार जितेका हुन ।
त्यस्तै कनका सुन्दरी १ कै धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नवराज सावत तेस्रो, भिम बहादुर बुढा चौंथो र कनका सुन्दरी १ का प्रकाश कठायत पाँचौ स्थानमा आएका छन् ।
प्रथम लाई एक लाख, दोस्रो ६० हजार, तेस्रो ४० हजार, चौंथो २० हजार र पाँचौलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको छ भने सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको छ । अन्तराष्ट्रिय जैविक विविधता दिवसका अवसरमा नेपाली सेनाले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल सहित देश भरिका १ सय ३० जना खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोजप्रताप राणाले उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा प्रथम हुनेलाई एक लाख, द्धित्तयिलाई ६० हजार, तृत्तीयलाई ४० हजार र सान्त्वना दुई जनालाई २० हजार र १० हजार नगद पुरस्कार व्यवस्था गरिएको श्री दल गुल्मका गुल्मपति रवि केसीले जानकारी दिए । खेल पर्यटनलाई प्रबद्र्धन गर्न र जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०७६, बुधबार ११:१३