हेटौडा । विकासका विभिन्न काममा भइरहेको जनशक्ति अभावलाई पूर्ती गर्नका लागि प्रदेश नम्बर ३ सरकारले विकास स्वयमसेवक परिचालन गरेको छ । प्रदेशका १३ वटै जिल्लामा स्वयमसेवक परिचालन गरिएको छ ।
समाजिक बिकास मन्त्रालय मातहत रहने गरी सरकारले बिभिन्न ११ वटा क्षेत्रमा आबद्ध रहेका युवाहरुलाई सबै सम्बन्धीत जिल्लाको समन्वय समितिसँगको सहकार्यमा काम गर्नेगरी परिचालन गरेको हो ।
मन्त्रालयले जनतासँग सहकार्य गर्दै विकासका काममा सहयोग पु¥याउने उद्देश्यले युवा स्वयमसेवक परिचालन गरीएको जनाएको छ । सरकारले माबि शिक्षक, अनमी, हेल्थ असिष्टेण्ट, फार्मेसी सहायक, बायोटेक्निकल, खेलकुद प्रशिक्षक, कृषि र पशुका प्राबिधिक सहितका क्षेत्रमा विकास स्वमसेवक परिचालन गरेको जनाएको छ ।
सरकारले स्वयमसेवक कार्यका लागि १ सय ९७ जना जनशक्ति माग गरेकोमा छनौंटमा परेका १ सय १५ जनालाई जिल्ला जिल्लामा गएर काम गर्ने गरी पचिालन गरेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । उनिहरुले जिल्लामा रहेर २ बर्ष स्वयमसेवकको भूमिका निर्वाह गर्ने बताइएको छ । छनौंटमा परेका स्वयमसेवकलाई हेटौंडामा सरकारले बोकेको अबधारणाको बारेमा जानकारी गराउँदै जिल्लामा गएर सरकारको नाम रहनेगरी काम गर्न नियक्ती सहित पठाइएको छ ।
स्वयमसेवकलाई कार्यक्षेत्रमा गएर सरकारको प्रतिनिधिका रुपमा काम गर्न निर्देशन दिदै सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशको विकासको हरेक क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको बताए ।
प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार १०:४५