काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताएका छन् । २५६३औं बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरेका छन् ।
“संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए” प्रधानमन्त्री
ओलीले सन्देशमा भनेका छन्, “जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे, समनताको सिद्धान्तको प्रतिपादन गरे, त्यसैले गौतम बुद्धको शिक्षा,
सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”
बुद्धका विचारहरू जीवनदर्शन र मानव कल्याणसँग सम्बन्धित भएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संयुक्त
राष्ट्रसङ्घले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमा अवलम्बन गरी संसारलाई त्यसै अनुरूप शान्तिको बाटोमा डोहो¥याउन खोजेको
सन्देशमा भनेका छन् ।
प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको भन्दै बुद्ध जयन्तीको
महत्वपूर्ण दिनमा सबैलाई बुद्धप्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
नेपाल साँस्कृतिक रुपमा समृद्ध देश : प्रमओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताएका छन् । किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाती, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताएका छन् ।
“नेपालीले यस विविधतालाई एकताको प्रमुख सुत्रका रुपमा स्विकारेका छन् । जुन, विश्वका अरु देशकालागिपनि प्रेरणाको स्रोत हो, हाम्रो जातीय विविधामा
द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइनन् तर नेपालीहरुले यस्ता तत्वहरुलाई बेलैमापहिचान गरेर अस्विकार गरे र देशमाजाती,धार्मिक र साँस्कृतिक
सद्ध्भावकायम राखे”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।
सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रयत्नशिल रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “वर्तमान सरकार समानता
सहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ, यस अभियानमा नेपालका सबै जाती, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यवद्धताको आवश्यकता छ ”, प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । रासस
प्रकाशित मिति: ४ जेष्ठ २०७६, शनिबार ०७:४१