सुर्खेत । नेपाली कांग्रेसले आजदेखी सुर्खेत सहित देशभर हिमाल, पहाड, तराई–मधेस कांग्रेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । जागरण अभियानको आज एक कार्यक्रमका बिच पाटी कार्यालय सुर्खेतमा केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्दै अभियानको शुरुवात गरीन् ।

उद्घाटन गर्दै कोषाध्यक्ष यादवले जागरण अभियानले कांग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् । उनले कांग्रेस अहिले इतिहाँसमै अफ्ठ्यारो र चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै भावनात्मक रुपलले एक हुनुको विकल्प नभएको बताइन् ।
कोषाध्यक्ष यादवले देशमा संबैधानिक अधिक्रमण बढ्दै गएको प्रति चिन्ता प्रकट गर्दै यसै कै विरुद्ध जागरण अभियान संञ्चालन गरेको बताइन् । उनले दुई तिहाईको दम्बले लोकतन्त्रिक पाटी कांग्रेस माथी प्रधानमन्त्रीले नै संसदमा हेपेर बोलेको भन्दै आपत्ती जनाइन् । नयाँ संरचना अनुसार तयार पारेको विधान उत्कृष्ट रहेको भन्दै कोषाध्यक्ष जस्तो पदलाई मनोनित गर्ने काम दुखद भएको उनले टिप्पणी गरिन् ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि जिवनबहादुर शाहीले कांग्रेसका कम्जोरीहरु पत्ता लगाएर अगाडी बढ्ने समय आएको बताए । उनले जागरण अभियानले कांग्रेसलाई पुनर्ताजकिय बनाउ मद्द्त पुर्याउने भन्दै कांग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पुर्याउन नेता तथा कार्यकर्तलाई आग्रह गरे ।
कार्यक्रममा केन्द्रिय महिला प्रतिनिधि भावना शाहीले बर्तमान सरकार जनताको हित विपरित चल्न नसकेको भन्दै यसका विरुद्ध आफुहरुले जागरण अभियान संञ्चालन गरेको बताइन् । उनले देशमा दन्डहिन्ता, भ्रष्ट्रचार, महिला हिंसा मौलाउदै गएको भन्दै सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाए ।
कार्यक्रममा क्षेत्रिय सभापती नारायण कोईलाले वर्तमान सरकारले कान्डै कान्ड निम्ताएको आरोप लागाए । उनले संसदिय व्यवस्था विपरित सरकार अगाडी बढेको भन्दै यसका विरुद्ध जागरण अभियान थालिएको उल्लेख गरे ।
कार्यक्रम कांग्रेस सुर्खेका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार १८:४६