प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुनेले रु ३० हजार, दोस्रो हुनेले रु १५ हजार, तेस्रोले रु सात हजार ५०० र चौथो हुनेले रु तीन हजार ५०० प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको स्पर्धामा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु पाँच हजार, तेस्रोले रु दुई हजार ५०० र चौथो हुनेले रु एक हजार प्राप्त गर्ने मानन्धरले जानकारी दिए ।