सुर्खेत । कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले सहकारी बिना समृद्धि हासिल हुन नसक्ने बताएका छन् ।
वीरेन्द्रनगरमा बुधवार ६२ औं सहकारी दिवस तथा कर्णाली प्रदेश स्तरीय अर्गानिक कृषि उपज मेलालाई सम्बोधन गर्दै सभामुख शाहीले सहकारीले पर्याप्त पूँजी उत्पादन गर्न ठूलो भूमिका खेल्ने भएकाले सहकारीलाई राज्यले ३ खम्बे अर्थनीतिमा महत्व दिएको बताए ।

सभामुख शाहीले भने ‘ हामीले सहकारीमार्फत राष्ट्रको समृद्धि र प्रदेशको समृद्धि ल्याउने परिकल्पना गरेका छौँ ।’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक प्रदेश बनाउने साहसिक निर्णय गरेकोमा सभामुख शाहीले आभार प्रकट गरे । उनले भने ‘२ लाख ४७ हजारभन्दा बढी सञ्चालक सदस्य तथा ९३ अर्बभन्दा बढी शेयर पूँजी सहकारी जगतमा रहेको छ ।’ उनले सहकारी आन्दोलनलाई थप उचाइमा पु¥याएर अबको २ वर्षमा उत्पादनको ७ प्रतिशत योगदान पु¥याउन महत्वपुर्ण भूमिका खेल्न सबै सहकारीलाई आग्रह गरे । महिलाले सञ्चालन गरेका ९१ प्रतिशत सहकारी सफल भएको बताउँदै त्यसले महिला समूहले राष्ट्र निर्माणमा महत्वपुर्ण योगदान पु¥याएको उनले बताए ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई अर्गानिक बनाउनका लागि बाहिरबाट आएको तरकारीलाई रोक्नुपर्ने जनाए । उनले भने ‘अहिले हामीले अर्गाानिक तरकारी भन्दा पनि बाहीरको तरकारीलाई जोड दिइरहेका छौ । बाहीरको तरकारीलाई छौडौ र अर्गानिक तरकारी उत्पादन तर्फ लागौ ।’ कानुनमन्त्री भन्डारीले कर्णाली प्रदेशका युवाहरुले चाहेमा प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सक्ने क्षमता रहेको धारणा राखे । उनले भने ‘अब भान्सामा आउने विष रोकौं, अर्गानिक उत्पादन बढाऔं र स्वस्थ समाज निर्माण गर्दै समृद्धिको आधार तयार पारौं ।’
सामाजिक विकास मन्त्री दल रावलले अर्गानिक आन्दोलनलाई अगाडी बढाउने प्रदेश सरकारको लक्ष्य भएको बताए । उनले भने ‘कर्णालीमा सिंगो अर्गानिक सहकारी आन्दोलनलाई बढाउनुपर्छ । यसलाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।’ मन्त्री रावलले कर्णालीलाई अर्गानिक उत्पादनमा जोड दिनका लागि प्रदेशका युवाहरुको महत्वपुर्ण भुमिका हुन जरुरी हुने बताए । उनले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन सम्भव रहेको बताए ।
उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशलाई अर्गानिक उत्पादन खान पाईने प्रदेशको रुपमा विकास गर्न सबै सहकारी तथा आम जनताहरु अघि बढ्ने कुरामा जोड दिए । उनले सहकारी मार्फत अर्गानिक उत्पादनको लहर फैलाउन सकिने बताउँदै स्वास्थ्यका लागि अर्गानिक खाना नै उपयुक्त हुने कुरामा जोड दिए । उनले भने ‘सहकारीमार्फत उत्पादनको लहर फैलाउन सकिन्छ र प्रदेशमा अर्गानिक उत्पादन गर्न आवश्यकता छ ।’
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीका माध्यमबाट कर्णालीमा समृद्ध हुने बताईन । छरिएर रहेको पुँजीलाई एकिकृत गरेर सहकारीमा लगानी गर्नुपर्ने बताउँदै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने आफ्नो संकल्प पुरा हुने उनले बताईन । मन्त्री केसीले कर्णाली प्रदेशलाई विषादी मुक्त बनाउने र अर्गानिक प्रदेश बनाउने योजना अनुरुप संसदमा अर्गानिक विद्येयक ल्याईएको धारणा राखिन् ।
कार्यक्रममा सहकारी आन्दोलनका अभियन्ताको सहभागिता रहेको छ । प्रदर्शनी कार्यक्रम २२ गतेसम्म चल्ने छ भने प्रदर्शनीमा अर्गानिक उत्पादन, बीऊबिजनको बिक्री गरिने छ ।
प्रकाशित मिति: २० चैत्र २०७५, बुधबार १७:३६