झापा । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सरकार नेपाली जनताकाे त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त गर्न तर्फ उद्त भएकाे आराेप लगाएका छन् । नेपाल प्रेस युनियन झापाले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै कांग्रेस नेता सिंहले सरकारकाे गतिविध र रवैयाले अहिले त्यस्ताे संकेत गरेकाे बताए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता सिंहले सेना परिचालनकाे सबन्ध हाेस् या प्रेस र सामाजिक संजाल या बिपल्ब माथिकाे प्रतिबन्ध यी त उदाहरण मात्र भएकाले दुई तिहाईकाे सरकारकाे पहिलाे कुदृष्टि प्रेसमा परिरहेकाे कुरा प्रति सजक हुन प्रेस जगतलाई आग्रह पनि गरेका छन् । उनले प्राप्त उबलब्धि माथि खतरा आई पर्दा यसकाे पहिलाे निसाना प्रेस माथि नै पर्ने भएकाले जिम्मेवार बन्न पनि आग्रह गरे ।
कांग्रेस नेता सिंहले प्रधानमन्त्री कार्यालयलाई शक्तिसाली बनाउन भैरहेका अहिलेका याे या त्याे बहानाका प्रयासबाट सरकारकाे उद्देश्य प्रष्ट्र हुँदै आएकाे बताउँदै उनले सरकारले ऐन कानुन निर्माणका लागि सदनमा प्रस्तुत गरेका बिधेकहरुमा राखिएका प्रावधानहरु हेर्दा छर्लङ्ग हुँदै आएका कुराकाे घटनाक्रमले सरकारकाे नियत प्रस्ट हुँदै आइरका बताए ।
कांग्रेस नेता सिंहले सरकारले राम्रो काम गराेस भन्ने आफुहरुकाे चाहान रहेता पनि सरकार अनावश्यक कुरामा अल्झियकाले जन चाहाना अनुरुप कुनैपनि काम हुन नसके बताए । अब सरकारबाट कुनै नयाँ अपेक्षा गर्न नसकिने उनले टिप्पणी गरे ।
मुलुक भित्रका असन्तुष्टिका राजनीतिक आवाजहरुकाे समाधान दमनबाट नभई बार्ता छलफलबाट नै गरिनु पर्नेमा उनकाे जाेड थियाे । उनले भने-कांग्रेसले सुरु गरेकाे शन्ति प्रक्रियाका बाँकी काम पूरा गर्नु त कहाँ हाे कहाँ फेरि अर्को द्वन्द्वकाे अवस्था सृजना हुनु हुदैन भन्ने तर्फ सबै जिम्मेवार हुनु पर्छ ।
कांग्रेस नेता सिंहले कांग्रेसलाई बलियाे र शसक्त पार्टी बनाउन देश भरका नेता कार्यकर्ताहरुसित राय सुझावका लागि आफु जिल्ला जिल्लामा पुगिरहेकाे बताए । पार्टी बिधि बिधान सम्वत तरिकाले चल्न नसकेकाले केन्द्र देखि बुध कमिटीका सबै नेता कार्यकर्ता बिधानकाे परिधिभित्र बसेर बिधिसम्वत निर्णय प्रक्रियामा जानुपर्छ भन्नेमा आफ्नाे जाेड रहेकाले उल्लेख गर्दै उनले भने-बलियाे र शसक्त कांग्रेस पार्टीकाे संगठन निर्माण गरेपछि मात्र मुलुकका सामु रहेका सबै चुनाैति सामना गर्न सकिन्छ । उनले त्यस तर्फ जिम्मेवार बन्न नेता कार्यकर्ताहरुलाई अपिल समेत गरे । कार्यक्रम नेपाल प्रेस युनियन झापा जिल्ला अध्यक्ष ईन्दु पर्बेलीकाे सभापतित्वमा समपन्न भएकाे थियाे ।
प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार १२:५७