सुर्खेत । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले आजदेखि (सोमबार)बाट माटो तथा मल प्रयोगशाला सञ्चालनमा ल्याउने भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले जानकारी दिएकी छन् । सोमबार मन्त्रालयको वार्षिक प्रगती समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो जनाएकी हुन् ।
सहकारी मन्त्री केसीले किसानहरुको समस्यालाई ध्यानमा राखी आजैदेखी माटो परिक्षणको काम समेत शुरु गरिएकाे जनाइन् । माटो तथा मल परिक्षण प्रयोग शाला भएपनि मलको लागी हाल उपकरण नआईसकेको हुंदा माटो परिक्षण कार्य शुरु गरिएको मन्त्री केसीले बताइन् । माटो परिक्षण गरी खेती गर्न आबश्यक भएकोले यो कार्यको थालनी गरिएको सहकारी मन्त्री केसीले बताईन् । उनले भनिन् ‘हामीहरुले आजैका मितीदेखी माटो परिक्षणका कामहरु अगाडि बढाउने छौं । त्यसको लागी किसानहरुलाई आबश्यक परेमा घुम्तीशिबिर पनि सञ्चालनमा ल्याइने छ । ’
कर्णालीमा कृषिमा प्रभाबकारी काम गर्ने किसानहरु मध्येबाट किसान नायक नायिका छनौट गरी पुरस्कार प्रदान गरिने सहकारी मन्त्री बिमला केसीले बताइन् । उनले भनिन् ‘ कर्णाली प्रदेशमा सम्भाबना भनेको किसानहरुको छ । जसकालागी किसानहरुलाई प्रोत्साहित गर्नको लागी हामीहरुले विभिन्न पुरस्कारका कार्यक्रमहरु घोषणा गरेका छौं ।’ व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यबिधि २०७५ समेत बनाएका छौं ।
किसानहरुका लागी विभिन्न पुरुस्कारहरु मध्ये मुख्यमन्त्री उत्कृष्ट पुरस्कारभित्र पालीका स्तरिय कृषक पुरस्कार, जिल्ला स्तरिय उत्कृष्ट कृषक पुरस्कार, प्रदेश स्तरिय नायक नायिका पुरस्कार लगाएत प्रदेश भर करिब २ सय जनालाई पुरस्कार वितरण गरिने मन्त्री केसीले बताईन् ।
भुमी व्यवस्था, कृषि तथा सहरकारी मन्त्रीमा आंफु नियुक्त भएको अवसर पारी किसानका गुनासा सुन्नको लागी हेलो किसान सरकार हटलाईन र विज्ञसंग किसानलाई जोड्नको लागी हप्ताका ६ दिन विशेष फरकफरक विषयमा कृषकलाई जानकारी दिन विज्ञ समेत बोलाउने उनले बताईन् ।
कृर्षी मन्त्रालयको एकवर्षको उपलब्धि
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा मन्त्री बिमला केसी नियुक्त भएपछि र मन्त्रालयले काम कार्वाही शुरु गरेदेखी आजको दिन ठिक एक वर्ष पुगेको छ । यो अवधीमा चालु आव २०७५-७६ को कृषि विकास कार्यक्रम कार्यान्वयनकको लागि १७ वटा कार्यविधी तयार भएका छन् ।
त्यस्तै एक निर्वाचन क्षेत्र एक सहकारी खेतीमा आधारित सिंचाई कार्यक्रम मार्फत २४ स्थानमा सिंचाई निर्माण कार्यक्रम सम्पन्न गरी २० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार, कालीकोटमा एक सेलार स्टोर निर्माण, एक निर्वाचन क्षेत्र एक युवा लक्षित भेडा, बाख्रा प्रर्वधन कार्यक्रम अन्र्तगत २० स्थानमा कार्यक्रम सम्पन्न भएको छ । पशुसेवा कार्यक्रम अन्तर्रगत ५ वटा कार्यविधी तयार पारिएको छ । एक वडा एक प्राविधीक अन्तर्रगत भेटेनेरी प्राविधीकहरुलाई स्थानिय तहको सहभागीतामा पशुसेवा सम्बन्धि उपकरणहरुको वितरण १० वटै जिल्ला गरिएको छ ।
सहकारी तर्फ प्रदेशभर १४ वटा सहकारी भवन तथा संकलन केन्द्र निर्माण, सहकारी सम्बन्धि विभिन्न बिधेयकहरु निर्माण गरिएको छ । मन्त्रालय मातहतका २८ वटा कार्यलयहरु स्थापना गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
यो एकवर्षको अवधिमा काम गर्ने क्रममा विभिन्न चुनौतीहरु आएपनि आगामी दिनमा अझै उत्कृष्ट ढंगबाट काम गर्ने योजना रहेको मन्त्री बिमला केसीले बताईन् ।
मन्त्रालयले आयोजना गरेको एववर्षे समिक्षा कार्यक्रममा बोल्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मीले नेपालको ठुलो समस्या भनेको व्यापार घाटा भएको र यो घाटा पुर्तीको लागी किसानले उत्पादनमा जोड दिनुपर्ने बताए । त्यसको लागी कर्णाली प्रदेश उपयुक्त क्षेत्र रहको भन्दै उनले भौगोलीक विकटता भएको ठांउमा पनि उत्पादन बढाउने खालका उपकरण भित्राएर भएपनि कर्णालीको उत्पादनमा बृद्धि गरिने बताए ।
प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार १८:४२