सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री रनिङ सिल्ड भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ रुकुम पश्चिम र महिलातर्फ कालीकोटले हात पारेका छन ।
आज भएको फाईलमा रुकुम पश्चिमले पुरुषतर्फ सल्यानलाई ३– शून्यको सोझो सेटमा हराउँदै एक लाख रुपैया आफ्नो पोल्टामा पारेको छ । रुकुमले सल्यानसंग समूह चरणमा भोगेको हारको बदलालिदै उपाधि हात पारेको हो । पहिलो खेलमा सल्यानलाई रुकुमले २८-२६, २५-१९ र २५-२३ को अन्तरमा पराजित गर्दै पहिलो पटको मुख्यमन्त्रीकपको उपाधि उचालेको हो ।
उपविजेता बनेको सल्यानले ७५ हजारमा मा चित्त बुझाएको छ भने घरेलु टोलि सुर्खेत ५० हजार पाउदै तेस्रो बनेको छ । समुह चरणको खेलबाट लगातार जित हातपार्दै शिर्षस्थानमा रहदै आएको सल्यान फाईनलमा हार भोग्न बाध्य भएको हो । शुरुका खेलमा राम्रो प्रर्दशन गरेको सल्यान अन्तिम समयमा आफुलाई सम्हाल्न नसक्दा उपाधि होडबाट बाहिरिएको हो ।
यस्तै महिला तर्फ कालीकोटले रुकुम पश्चिमलाई ३– शून्यकै सोझो सेटमा हराउँदै उपाधिसंगै एकलाख रुपैयाँ हात पारेको छ । उपविजेता रुकुमले ७५ र तेस्रो भएको दैलेखले ५० हजार रुपैयाँ हात पारेका छन ।
आयोजक सामाजिक विकास मन्त्रालयले प्रतियोगितामा करिब ५५ लाख रुपैयाँ खर्च भएको जनाएको छ।
यस्तै प्रतियोगितामा रुकुमका डायमन खड्का र महिला तर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन् । उनीहरुले तिन हजार ७ सय रुपैया पुरुस्कार हात पारेका छन्
खेलको समापन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री प्रकाश ज्वालाले यसक्षेत्रको खेलको विकासका लागि खेलकुदमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उनले सिमित स्रोत र साधनका विचपनि कर्णालीमा खेलकुदमा राम्रो भएको भन्दै खेलमैदानको विस्तार गर्नुपर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक मन्त्री दल रावलले कर्णाली प्रदेशलाई खेलकुदको क्षेत्रबाट पहिचान गराउने भन्दै भौतिक संरचनाहरु निर्माण कार्य शुरु गर्ने बताए । उनले आफहुरु खेलकुद सम्बन्धिको ऐन ल्याउन लागेको भन्दै आउदो आर्थिक बर्षदेखी अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी, खेलकर्मी लगायत विभिन्न क्षेत्रका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार १७:३२