सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फोहोर व्यवस्थापन गर्न स्रोतसाधनको अभाव हुँदा स्थानिय निकायलाई हम्मे हम्मे भएको छ ।
प्रदेशकै राधानीका सडक छेउछाउमा फ्याकिएका फोहोरको व्यवस्थापन गर्न वीरेन्द्रनगर नगरपालिकालाई हम्मेहम्मे परेको हाे । स्थानिय घर तथा होटलहरुबाट निस्कने फोहोर सडक छेउछाउमा थुपार्ने गरिएकाले वीरेन्द्रनगरका बजार क्षेत्रनै दुर्गन्धित हुने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले फोहोर उठाउनकालागि व्यवस्था गरिएका गाडिहरु हप्तामा एक पटक दुई पटक आउने गरेको स्थानियहरुले बताए । स्थानिय नगरपालिकाका कर्मचारीहरुको लापरवाहीका कारण फोहोर व्यवस्थापनमा समस्या भएको स्थानियबासीको गुनासो छ ।
स्थानिय कृष्णप्रसाद शर्माले बजारमा धेरै फोहोर भएर दुर्गन्धित हुँदा पनि नगरपालिकाका कर्मचारीहरु नआउने गरेको गुनासो गरे । उनले फोहोर व्यवस्थापन गर्नका लागि नगरपालिकाले कर्मचारीहरु नपठाउने गरेको बताए । बजारमा धेरै फोहोर हुँदा दुईहप्ता सम्म गाडी नआउने गरेको उनले दुखेसाे पाेखे । उनले बजारमा सरफाई कार्यक्रममा नगरपालिकाले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
अर्का स्थानिय तुलबहादुर सुनारले फाेहोर व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गर्ने गरेको गुनासो गरे । उनले फोहोर उठाउन आएका कर्मचारीहरु गााडीमा बस्ने र फोहोर व्यवस्थानका लागि नझर्ने गुनासो गरे । नगरपालिकाका कर्मचारीहरुका लापरवाहीका कारण फोहोर व्यवस्थापनमा समस्या आएको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाले बजार छेउछाउमा फालिने फोहोर व्यवस्थापन गर्न नितिगतरुपमै कार्यविधिको व्यवस्था गरेको छ । फोहोर व्यवस्थापन गर्न स्थानियले सहयोग नगरे नगरपालिकालेमात्रै व्यवस्थापन गर्न कठिनाइ हुने सुर्खेतका स्थानिय तहको भनाई छ ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख देवकुमार सुवेदीले फोहोर फाल्ने नगरपालिकाको दायित्व हो भन्दैमा वीरेन्द्रनगर परिसरमा जथाभावि फोहोर नर्गुपर्ने बताए । उनले फोहोर फालेपछि फोहोर व्यवस्थापन गर्ने पहिलो दायित्व फोहोर फाल्नेको बताए । नगरपालिकाको स्रोत साधनले भ्याएसम्म फोहोर व्यवस्थापनका लागि नियमित गाडीको व्यवस्था गर्ने प्रमुख सुवेदीले जनाए ।
आफ्नो घरआगनका फोहोरलाई जथाभावी फाल्न नदिन स्थानियवासीलाई सचेत गराउनु स्थानिय निकायको प्रमुख जिम्मेवारी हो भने नगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको स्थानिय तहले साधनस्रोतको जोहो गरि दैनिक फोहोर उठाउन व्यवस्था गर्नु पर्छ । नकि स्रोतसाधनको अभाव देखाएर पन्छिन मिल्छ ।
प्रकाशित मिति: १७ माघ २०७५, बिहीबार १६:३६