मन्थली । कांग्रेस नेता प्रकाश मान सिंहले सरकारले सुरक्षा र कुटनैतिक मर्यादा भित्र रहेर गर्नु पर्ने काम नगरि विवादस्पद एनजीओकाे पछिलाग्नु दुखद भएकाे बताएका छन् ।
नेपाल प्रेस युनियनले रामेछापकाे मन्थलीमा मंगलबार अायाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै कांग्रेस नेता सिंहले वर्तमान सरकार अाफ्नाे कुटनैतिक मर्यादालाई बिर्सेर अनावश्यक विवादमा तानिएकाे बताएका छन् । उनले विवादस्पद संस्थाकाे कार्यक्रममा सरकारै अायाेजक जस्तो गरि प्रस्तुत हुनु मुलुकका लागि लज्जास्पद भएकाे बताए ।
कांग्रेस नेता सिंहले मुलुक संचालनमा दुईतिहाईकाे धक्कु लगाउने सरकार पूर्णरुपमा असफल भएकाे, ल एन्ड अडर मेन्टेन गर्न चुकेकाे र विकास बजेट खर्च गराउन समेत नसकेकाे संघियता कार्यान्वयनका लागि अावश्यक ऐन कानुन बनाउन नसकेकाले समग्रमा असफलता बाहेक केही नभएकाे, अाफ्नै पार्टी भित्र समेत सरकारकाे कामकाे अालाेचना सुरु भएकाेले अब सरकार गर्नु पर्नेछ काम नगरेर अनावश्यक काममा हातहाले र झनझ बिवादमा मुछिने गरेकाे बताएका छन् ।
फरक प्रसंगमा बाेल्दै नेता सिंहले कांग्रेस नेतृत्व पनि समयकाे माघ अनुरुप पार्टी संचालन गर्न नसकेकाले कांग्रेस सुधारकाे लागि अाफुहरुले अावाज उठाउदै अाएकाे बताए । उनले समयसापेक्ष पार्टी बिधान परिवर्तनको लागि महासमिति बैठकबाट अावश्यक निर्णय लिन नै महासमिति बैठक बस्न लागेकाे समेत बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बल बहादुर के सी, रामेछाप जिल्ला सभापति लव श्री न्याैपाने, काठमाडौं कांग्रेस सभापति सबुझ बानिया, गाेकर्णेश्वर नगरपालिकाका मेयर सन्ताेस चालीसे लगायतले अाफ्ना बिचार राखेका थिए ।
प्रकाशित मिति: २५ मंसिर २०७५, मंगलवार ११:२०