सुर्खेत । सुर्खेतको औद्योगीक क्षेत्र भित्र उद्योगका नाममा जग्गा लिएर उद्योग सञ्चालन नगर्नेहरुलाई कार्वाही गरिने भएको छ ।
झण्डै तीस वर्ष अघि ९० रोपनी क्षेत्रफलमा स्थापना गरिएको सुर्खेतको औद्योगीक क्षेत्रमा उद्योगका नाममा जग्गा लिएर काम नगर्ने उद्योगहरुलाई हटाउने प्रक्रिया थालिएको छ । औद्योगीक क्षेत्रमा रहेका २८ वटा उद्योग मध्ये पानी उद्योग, काठ जन्य उद्योगहरु सञ्चालनमा रहेका छन्भने केहि सञ्चालनकालागि पूर्वाधार निमार्णमा लागेका छन् । तर उद्योगको नाममा जग्गा लिएर कुखुरापालनपनि सञ्चालन गरिएको छभने केहि उद्योग बन्द गरेको पनि बर्षौ भएका छन् ।
औद्योगीक क्षेत्र सुर्खेतका प्रमुख जितनारायण बन्जाडेले औद्योगीक क्षेत्रमा रहेका २८ वटा उद्योग मध्ये पानी उद्योग, काठ जन्य उद्योगहरु सञ्चालनमा रहेकाे जानकारी दिएका छन् । यि मध्ये चारवटा उद्योगहरु निर्माणाधिन भएको र तिहारपछि डेरी उद्योग, भवानी छापाखाना सञ्चालनमा आउने उनले जानकारी दिए । विगतमा औद्योगिक क्षेत्र भित्रमा उद्योगले जग्गा होल्ड गरेर राखेकालाई कार्वाहीपछि ति उद्योगहरु हटिसकेको र नयाँ चारवटा निर्माणाधिन उद्योगहरुलाई जग्गा दिएर निर्माणको अन्तिम चरणमा पुगीसकेको प्रमुख बन्जाडेले बताए ।
औद्योगीक क्षेत्रमा रहेका उद्योगहरुलाई कच्चा पदार्थको अभाव हुने र विद्युतको समस्याले गर्दा उद्योगहरु बन्द हुने भएकाले जग्गा रोकिएको जस्तो देखिने व्यवसायीहरुको भनाई छ ।
व्यवसायी मदन काफ्लेले औद्योगिक क्षेत्रभित्र व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुले आफ्नो उद्योगलाई अघि बढाउनका लागि आफ्नो पुजी, कार्यदक्षताहरुलाई अघि बढाएर प्रदेश कै नमुना औद्योगिक क्षेत्र बनाउने कार्ययोजना भइरहेको बताए ।
उद्योगका नाममा जग्गा लिने र उद्योग सञ्चालन गर्न नसकेको अवस्थामा व्यवसायीहरुले महंगो रकममा अर्को व्यवसायीलाई विक्री गरिने समेत गरिएको छ ।
उद्योगी क्षेत्रमा उद्योगहरुलाई लामो समयमा सम्म जग्गा भाडा दिने र नविकरण समेत गर्न नपर्ने भएकाले उद्योग सञ्चालन नगरेका व्यवसायीहरुले मंहगोमा अरुलाई दिने जस्ता कार्यलाई निरुत्सायी गरि उद्योगलाई प्राथमितामा राख्नु पर्ने देखिन्छ ।
प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार १७:०७