सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशकाे विकासका लागि पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकताका साथ विकास गरिने बताएका छन् । उनले पर्यटन क्षेत्रको विकास बाट नै कर्णाली प्रदेशको समृद्धिकाे सम्भव रहेकाे बताए । शुक्रबारदेखि खुल्लामञ्चमा सुरु भएको ‘कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सव’को उद्घाटन सत्रमा बोल्दै मन्त्री बुढाले यस्तो बताएका हुन् । उनका अनुसार पर्यटक क्षेत्रको विकासबाट नै कर्णालीको विकास र समृद्धि सम्भव छ । मन्त्री बुढाले भने ‘पर्यटन प्रबर्धनका लागि हुने महोत्सवले प्रदेशको समृद्धिलाई सहयोग पु¥याउने छन् ।’
नेपाल आदिवादी जनजाति महासंघ सुर्खेतले आयोजना गरेको महोत्सवमा बोल्दै मन्त्री बुढाले जातिय विभेद अन्त्य हुनुपर्ने समेत बताए । ‘यो कुनै जातविशेषको महोत्सव होइन’ उनले थपे ‘अब जाजजाति र धर्मको कुरा नगरौं ।’ नेपाल विभिन्न जातजाति र धर्मको साझा फूलबारी भएको बताउँदै हरेक समूदायले आ–आफ्नो जातिअनुसार धर्मसंस्कार मनाउन पाउनुपर्ने बताएका छन् । जनजातिय एकताको प्रशंसा गर्दै उनले बुद्धसरोबर निर्माणका लागि आयोजना गरिएको महोत्सवको पूर्ण सहयोग मिल्ने बताए । ‘नेपाल बुद्ध जन्मेको देश हो ।’ मन्त्री बुढाले भने ‘सुर्खेतमा बुद्धसरोबर बनाउनु आफैमा नेपाल र नेपालीको पहिचानको विषय हो ।’ जातजाति भन्दा पनि बुद्धजस्तै शान्तिको प्रतिक बन्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती, दिनबन्दु श्रेष्ठ, ठम्मर विष्ट, राजु नेपाली, जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल लगायतले आ–आफ्नो भनाई राखेका थिए । पछिल्लो समय लोप हुँदै गएको विभिन्न जातिका कला संस्कृतिको संरक्षण र सम्र्बधनमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । साविकको मध्यपश्चिम र हालको कर्णाली प्रदेशका आदिवासी जनजातिहरुको बाहुल्यता रहेको भन्दै महोत्सवमै आदिवासी जनजाति-सुन्दरी प्रतियोगिता समेत हुनेछ । प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने सुन्दरीहरुमध्ये उत्कृष्ठलाई सम्मान र पुरस्कार समेत दिइने छ । प्रतियोगिताले जनजातिहरुको पहिचान, कला र संस्कृतिलाई जोगाउने सहयोग मिल्ने आयोजकले अपेक्षा गरेको छ । सहभागीहरुले जातिय भेषभुषामा उपस्थित हुनेपर्ने आयोजकले जनाएको छ । महोत्सव अवधिभर कोही कसैलाई स्वास्थ्य समस्या नओस भने दैनिक स्वास्थ्य परिक्षणदेखि एम्बुलेन्ससम्मको सुविधा रहने छ । तर यही १९ गतेसम्म हुने भनीको महोत्सव सुर्खेतका केही व्यापारीहरुले रोक्न खोजेपनि केही दिन छोट्याइएको छ ।
महोत्सवमा शनीबार रामजी खाण लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने प्रचार–प्रसार समितिका संयोजक मिल्न श्रेष्ठले जानकारी दिए ।
उद्घाटन सत्रको समापन गर्दै नेपाल आदिवाजी जनजाति जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष एवम् मेला आयोजक मूल समारोह समितिका अध्यक्ष पञ्चसिंह रोकाया (खाम्पा) ले अवरोधका कारण मञ्च व्यवस्थापन र स्टलहरुको व्यवस्थापनमा समस्या भएको बताए ।
कृषि तथा साँस्कृतिक पर्यटन प्रबद्र्धन व्यापार महोत्सवकाे भिडियाे ।
प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार १९:०१