सुर्खेत । पुर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादवले पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्तालाई एकवद्ध भएर अघि बढ्न सुझाव दिएकी छन् । नेपाली कांग्रेसलाई बलियो संगठन बनाउन सबैको सुझाव, सल्लाह अत्ति आवश्यक रहेको उनको भनाई छ ।
नेपाली कांग्रेसको विधान, संशोधन, सुझाव संकलनका लागि सोमबार वीरेन्द्रनगरमा भएको प्रदेश स्तरिय भेलामा कांग्रेस नेतृ यादवले पार्टीलाई सुदृढ गर्न आरोप प्रत्यारोप गर्नुभन्दा सकारात्मक सुझाव दिन आग्रह गरिन ।
कांग्रेस नेतृ यादवले पार्टी तयार गरेको मस्यौदा समितिमाथि विभिन्न समूह बनाएर व्यापक छलफल गरी सुझाव संकलन गरिने बताइन् । सातै प्रदेशबाट मस्यौदा माथि आएका सुझाव संकलन गरिने र दसैं तिहारको वीचमा केन्द्रीय समिति बैठकमा प्रस्ताव गरि मंसिरमा हुने महासमिति भेलामा लैजाने उनले बताइन ।
कांग्रेस नेतृ यादवले अव बन्ने कांग्रेसको विधान सवैभन्दा लोकतान्त्रिक,समावेशी हुने दावी गरीन् ।
विधान समितिकासदस्य प्रदीप पौडेलले सवै तहमा एक तिहाई महिला सहभागिता हुने, केन्द्रीय सदस्य र पदाधिकारीको आकार बढ्ने, प्रदेश समितिहरु पनि अधिकार सम्पन्न बन्ने जिकिर गरे । अहिले पनि अन्य दलको भन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ ।
उनका अनुसार नयाँ संघीय संरचनामा जाँदा केन्द्रदेखि प्रादेशिक, जिल्ला, क्षेत्र र स्थानीय तह सम्मको आकारसमेत तय गरिने छ ।
समानुपातिक क्लस्टरका आधारमा संख्या थपघट हुने र जनसंख्याका आधारमा संख्या तय गरिने हुँदा सबै प्रदेश समितिहरू फरकफरक आकारमा रहने उनले बताए । जसअनुसार प्रदेश समिति बढीमा ९० सदस्यीय र घटीमा ३५ सदस्यीय हुन सक्ने सम्भावना छ ।
समितिले शीर्ष नेताहरूको सुझाव र सातै प्रदेशमा हुने भेलाबाट आउने सुझावका आधारमा अन्तिम मस्यौदा तयार गर्नेछ । समितिले १५ असोजसम्ममा अन्तिम मस्यौदा तयार पारिसक्ने जनाइएको छ ।
नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलेअहिलेपनि अन्य दलको भन्दा कांग्रेसको विधान लोकतान्त्रिक भएको र नयाँ बन्ने विधान पनि थप लोकतान्त्रिक हुने उनको भनाइ छ । उनले कार्यक्रमको समापनमा यहाँबाट दिइएका सुझावहरु सार्वजनिक गरिने बताए ।
प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार १५:३०