सुर्खेत । कर्णाली प्रदेश सरकारले विसं २०७१ का बाढीपीडित बस्तीमा पुगेर आज श्रम दिवस मनाएको छ । कर्णााली प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाइ श्रमदिनका रूपमा घोषणा गरेवमोजिम आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थित सरस्वती टोलमा बालविकास केन्द्रको निर्माण कार्य शुरू गरेके छ ।
श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती बालविकास केन्द्रको १ कोठे भवनको शिल्यान्यास गरेका छन् । २०७० सालको बाढीले बाल बिकास केन्द्रको भवन सहित उक्त टोलका सवै घर पुर्णारूपमा बगाएको थियो । केही समय अघि पुनर्स्थापित उक्त टोलमा बजेट अभावका कारण बालविकास केन्द्रको भवन बन्न सकिरहेको थिएन ।
बालविकास केन्द्रको भवन निर्माणसंगै तटबन्ध निर्माण कार्यको पनि शुरूवात गरिएको छ । श्रमदिनका अवसरमा मुख्यमन्त्री शाहीको नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन ।
मुख्यमन्त्री शाहीले बाढीपीडीत समुदायको पीडालाइ प्रदेश सरकारले राम्रोसंग महशुस गरेको र स्थायी समाधानका लागि आवश्यक पहल अगाडि बढाइसकेको पनि स्थानीय समुदायलाइ जानकारी दिएका छन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी वीरेन्द्रनगर नगरपालिका–६ स्थित बाढीपीडित बस्तीमा तारजाली भर्न आफैँ गएका थिए ।
यसैविच, मुख्यमन्त्री शाहीले सरस्वती बालविकास केन्द्रकाे भवन निर्माणमा अाफूले पाउने एक महिनाकाे तलव प्रदान गर्ने घाेषणा गरेका छन् ।
प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार १६:१०