जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० बर्षको थिए ।
फाइल फाेटाेघानामा जन्मनुभएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।
संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गरेका छन्।
उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए । पूर्व महासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उनको संस्थाले जनाएको छ ।
प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार २१:२१