काठमाडौँ, २६ साउन । आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ। सार्वजनिक सेवा, सामाजिक तथा पारिवारिक सम्बन्ध, साम्प्रदायिक सद्भावलगायत क्षेत्रको विसंगतिलाई सरकारले कडा कानुनी व्यवस्थाद्वारा नियमन गर्न खोजेको देखिन्छ। आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।
चक्काजाम गरे ३ वर्ष जेल ।
धर्म परिवर्तन गराउने विदेशीलाई पाँच वर्ष जेल ।
मिसावट गर्नेलाई ५ वर्ष कैद ।
राष्ट्रिय झण्डा जलाए तीन वर्ष कैद ।
दाइजो मागे पाँच वर्ष कैद ।
बहुविवाहमा पाँच वर्ष जेल ।
यी हुने भदौ १ मा लागू हुने ६ कानुन
१. मुलुकी देवानी (संहिता) ऐन
२. मुुलुकी देवानी कार्यविधि (संहिता) ऐन,
३. मुलुकी अपराध संहिता ऐन,
४. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन,
५. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,
६. केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन
प्रकाशित मिति: २६ श्रावण २०७५, शनिबार ०७:५६