दार्चुला, ६ साउन । नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाश मान सिंहले लोकतन्त्र नै संकटमा परेको बेला नेपाली कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने बाएका छन् । उनले सत्तापक्क्ष दिनानुदिन अधिनायकवादी गतिबिधिमा उन्मु भरहदा पार्टी जिम्मेवार रुमा प्रस्तुत हुनु पर्ने बताएका छन् ।
नेपाली कांग्रेस दार्चुलाले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको ३६ औ बि पि स्मृति दिवस कार्यक्रममा सम्बोदन गर्दै कांग्रेस प्रभावसाली नेता सिंहले पार्टीका संथापक नेताहरुले परिकल्पना गरेको र जनताले अपेक्षा गरेअनुरूपको पार्टी हुन नसक्ने बताए ।
कांग्रेस प्रभावसाली नेता सिहले बि पि बिचारको चर्चा गर्दै बामपंथीहरु संगठित भएर आईरहदा पनि पार्टीले प्रभावकारी भुमिका खेल्न नसकेको बताए । उनले पार्टी सभापति सिङ्गो कांग्रेस सभापति बन्न नसक्नु र यउटा गुटको सभापति बन्नु दुखद भएको बताए ।
कांग्रेस नेता सिंहले एउटा गुठले चलायको सभापतिको भुमिका कांग्रेसको जस्तो हुन नसकेकाले बिधिबिधान अनुसार पार्टी सचालन गर्न आफुहरुले गरेको आग्रहलाई गलत सोच्दा आज त्यसको परिणामस्वरूप पार्टी यो हालतमा पुगेको बताए । उनले भने, ‘अझै पनि नसचिनि हो भने पार्टीका संथापक नेताहरुले परिकल्पना गरेको र नेपाली जन्ताले अपेक्षा गरेअनुरूपको पार्टी हुन सक्दैन ।’
कार्यक्रममा बोल्दै कांग्रेस नेता दिलेन्द्र प्रसाद बडुले सरकार सर्बसत्ता बादी तवरले चलेकोले आफुहरु यसको प्रतिबादमा लागेको बताए । उनले पार्टी भित्र सभापतिले गर्नु पर्ने काम समयमा नगरेकाले कांग्रेस हारेको र आज मुलुकमा अधिनायकवादको सुरुवात हुन लागेको बताए ।
कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य हृदयराम थानीले बिधिसम्वत चलेको कांग्रेसले मात्र आगामी चुनौतिलाई सम्बोधन गर्न सक्ने भएकाले पहिला पार्टी बिधिमा चल्नु पर्ने अनि मात्र मुलुकका चुनौति सामना गर्न सक्ने बताए ।
जिल्ला सभापति ललित बोहोराको सभापतिमा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता परित्याग गरि कांग्रेस प्रबेस गरेका थिए ।
प्रकाशित मिति: ६ श्रावण २०७५, आईतवार १७:५६