सुर्खेत, १ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुलुकको विकास र समृद्धिका लागि भ्रष्टाचार मुख्य बाधक रहेको बताएका छन् । भ्रष्टाचार र अनियमितता गर्ने उद्धेश्यले योजना निर्माण हुने परम्परा रहेको बताउँदै योजना निर्माण र कार्यान्वयनमा जनताको हस्तक्षेप आवश्यक रहेको उनको भनाई छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाको शुभघाटमा आज सिमान्तकृत, आदीवासी जनजाति तथा पिछडिएका समुदायका लागि सौर्य विद्युत प्रणाली हस्तान्तरण कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले भ्रष्टाचार निवारणका लागि कर्णाली प्रदेश सरकारले शुन्य सहनशिलताको नीति अवलम्वन गरेको बताए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका कोही नागरिक भुमीहीन भएर बस्नुनपर्ने बताए । सवै किसिमका भुमि समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले शक्तिशाली भुमि आयोग निर्माण गर्ने निर्णय गरेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गको आफ्नै आवास निर्माणका लागि सरकारले आवश्यक वजेट सहित मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शाहीले भने– ‘अव तपाईहरु सवैको आफनै घर हुन्छ, कोही पनि वगर र जोखिमपुर्ण क्षेत्रमा टहरा हालेर वस्नुपर्दैन ।’
कार्यक्रममा लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्द्रका अध्यक्ष लालवहादुर राजीले सिमान्तकृत,अल्पसंख्यक, पिछडिएका समुदायको जिवनस्तरमा परिवर्तन ल्याउन वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य विद्युत प्रणाली वितरण गरिएको बताए । लोपोन्मुख, सिमान्तकृत समाज उत्थान केन्दद्धारा आयोजित कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री, प्रदेश सभा सदस्य ठम्मर विष्ट र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन लगायतले सम्वोधन गरेका थिए ।
प्रकाशित मिति: १ श्रावण २०७५, मंगलवार १८:४०