सुर्खेत, ४ असार । कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेटको मुख्य आकर्षण हो, नारा र संभाव्यतता अध्ययन । त्यति मात्र होइन, गुरुयोजना विनाका कार्यक्रमहरुले बजेटको कार्यान्वयन र प्रभावकारितामा समेत शंका पैदा गरेको छ ।
प्रदेशभित्र सन्तुलित र समन्यायिक विकासको अवधारणा अनुरुप जनता सडक कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका सबै प्रादेशिक निर्वाचन क्षेत्रहरूमा महत्वपूर्ण सडक आयोजनाहरूको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढान भनी प्रत्येक प्रदेश निर्वाचन क्षेत्रलाई ५ करोड रुपैयाँ विनियोजन गरिएको छ, तर यो एक वर्षमा अध्ययनको काम सकेर निर्माणको काम कति संभव छ, त्यो आउँदा दिनले देखाउने छ । त्यति मात्र होइन, लागतभारलाई ध्यानमा राखेर हुम्ला, डोल्पा र मुगुमा बजेट थप गर्ने व्यवस्था गरिने कुरा समेत बजेटमा उल्लेख गरिएको छ ।
बजेटमा आकर्षक नाराहरुलाई समावेश गरिएको छ, जुन नाराहरुको कार्यान्वयन र कर्णालीका जनताले गर्ने अनुभूति भन्दा प्रचारका लागि प्रभावकारी देखिन्छन् । जसमा‘गाँउ गाँउमा सिंहदरवार, घर घरमा प्रदेश सरकार’। ‘समृद्ध कर्णाली, सुखी कर्णालीबासी’ । लुम्बिनी रारा लोक मार्ग । केबुलकार परियोजना । सुरुङ मार्ग । ‘कर्णालीको पानी, जनताको लगानी’ । स्मार्ट सिटी र हरित सहर।
त्यस्तै ‘गुणस्तरयुक्त शिक्षा र शैक्षिक पूर्वाधार ः प्रदेश समृद्धिको आधार’ । ‘साक्षर कर्णाली प्रदेश’। ‘श्रम, सीप र रोजगार ः युवासँग प्रदेश सरकार’। युवा स्वयंसेवक सञ्जाल निर्माण र परिचालन । ‘स्वस्थ नागरिक ः समृद्ध प्रदेश’‘सबैका लागि स्वास्थ्य बीमा’ । प्रत्येक वडामा प्रसुति केन्द्र । ‘सुत्केरीलाई सेवा, भावी सन्ततिलाई टेवा’ । ‘मानव सभ्यताको सम्मान ः छुवाछुत र सामाजिक कुरीति विरुद्धको अभियान’ ।
त्यस्तैगरीप्रत्येक महिनाको १ र १५ गते श्रम दिन । ‘अर्गानिक खेतीमा वृद्धि, कर्णालीको सम्बृद्धि’‘कर्णालीका ओखर, स्याउ, देश विदेश फिजाऔँ’‘हाम्रो उत्पादन हाम्रो शान, कृषि पेसालाई गरौँ सम्मान’व्यावसायिक कृषक पेन्सन कार्यक्रम । ‘घातक विषादीको प्रयोग हटाऔँ, मानव स्वास्थ्य र वातावरण जोगाऔँ’ ।
कृषि नर्सरी तथा हाइटेक फलफूल नर्सरी । ‘कृषि पूर्वाधार, सुनिश्चित बजार’ । ‘एक वडा एक कृषि तथा पशु प्राविधिक’ । ‘कृषिमा सिर्जनशीलता ः उत्पादनमा आत्मनिर्भरता’ । ‘गरिबी विरुद्घ साझा अभियान’ । ‘सम्बृद्ध कर्णालीका लागि सहकारी अभियान’ । सहकारी नमुना गाउँ कार्यक्रम । ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा रोजगारी’ ।
त्यस्तै ‘युवा कृषि आकर्षण कार्यक्रम’ । “एक स्थानीय तह, एक अर्गानिक उत्पादन” । दलित लक्षित उद्योग विकास कार्यक्रम । ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ । ‘कर्णाली पर्यटन सर्किट’ । ‘निकुञ्जदेखि निकुञ्जसम्म’ । ‘तालदेखि तालसम्म’‘वातावरण मैत्री हरित अर्थतन्त्र, समृद्धिको मूल मन्त्र’। एक व्यक्ति दश विरुवा ।
त्यस्तैगरी‘गरिब जनताको धन, जडिबुटी वन्यजन्तु र वन’ । ‘समृद्धि र विकासका लागि शान्ति सुरक्षा, सुरक्षित प्रदेश जनअपेक्षा’ । ‘व्यावसायिक सेवाको आधार, प्रविधियुक्त प्रहरी सेवाको विस्तार’ । ‘प्रहरी युवा हातेमालो अभियान’ । ‘सबैका लागि सूचना, सबैतिर सञ्चार’ । एक घर एक रोजगार कार्यक्रम । ‘कर्णाली उज्यालो कार्यक्रम’मुख्यमन्त्री एकीकृत बस्ती तथा नमुना गाउँ सहर विकास कार्यक्रम । ‘आफ्नो गाउँ आफै बनाऔं’ ।
प्रकाशित मिति: ४ असार २०७५, सोमबार २०:४१