सुर्खेत, ३१ जेठ । कर्णाली प्रदेशका विकट क्षेत्रबाट ९२ हजार क्विन्टल चामलको माग गरिएको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि वार्षिक नियमित चामल उपलब्ध गराउँदै आएको खाद्य संस्थानले चालु आर्थिक वर्ष ९२ हजार क्विन्टल चामल अपुग देखिएको जनाएको छ ।
नेपाल खाद्य संस्थान सुर्खेतले खाद्य संकटको मारमा परिरहने हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्ला लगाएतका स्थानमा सहज रुपले चामल ढुवानी गरेको संस्थानका निमित्त प्रबन्धक जिवनाथ कंडेलले बताए । सबै ठाउँमा समान तवरले चामल वितरण गरेको बताउँदै संस्थानले विक्री गरिरहेको चामल सस्तो र गुणस्तरिय भएको निमित्त प्रबन्धक कंडेलले बताए ।
उनका अनुसार, खाद्य संस्थानले ०७४/०७५ मा स्वीकृत कोटा ४२ हजार ४० क्विन्टलमा ४२ हजार ७० क्विन्टल चामल २६ वटा डिपोमा पठाएको छ ।
गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपाल खाद्य संस्थानको स्वीकृत कोटा कम देखिएको पाइएको छ । गत आर्थिक वर्ष ०७३/७४ मा खाद्य संस्थानबाट ६५ हजार २ सय ९७ क्विन्टल चामल सुर्खेतबाट कर्णाली प्रदेशका २६ वटा डिपोमा चलान भएको देखिन्छ ।
गत वर्षको तुलनामा २४ हजार १ सय ५५ क्विन्टल कम स्वीकृत भएको पाइएको छ । नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, दैलेख लगायतका स्थानका डिपोमा चामल ढुवानी गर्दै आएको छ ।
कर्णाली प्रदेशका रुकुम, सल्यान, जाजरकोट, हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु दैलेख लगायतका डिपोबाट थप चामल मागको सिफारिस आएको नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले जनाएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाबाट १० हजार क्वीन्टल थप माग आएको छ ।
सर्केगाँर्ड डिपोका लागि आठ हजार क्विन्टल, देउली डिपोको लागि ५ हजार र श्रीनगर डिपोको लागि ३ हजार क्वीन्टल र छप्रेला पुइमा डिपोका लागि ८ हजार क्विन्टल चामलको थप मागको सिफारिस छ ।
खाद्य संस्थान मुगु शाखा कार्यालयका लागि दुई हजार ५ सय क्विन्टल, पुलु डिपोमा १ हजार क्विन्टल, सोरुकोट डिपोका लागि ५ हजार क्वीन्टल, श्रीकोट डिपोका लागि ५ हजार, बिक्री केन्द्र कालै लागि ५ हजार र बिक्री केन्द्र रातापानीका लागि १० हजार क्विन्टल थप माग गरिएको छ ।
खाद्य संस्थान जुम्ला शाखा कार्यालयका लागि पाँच हजार क्विन्टल चामल माग गरिएको छ । भने जुम्लाकै धापा डिपो कार्यालय २ हजार ५ सय क्विन्टल माग छ । डिपो जुम्लाकोटका लागि १ हजार क्विन्टल मागको सिफारिस आएको छ ।
नेपाल खाद्य संस्थान शाखा कार्यालय दुनै डोल्पाका लागि २ हजार क्विन्टल को माग छ । भने जुफाल डोल्पाका लागि २ हजार क्विन्टल, डिपो काईगाँउ डोल्पाबाट ५ हजार, क्विन्टल र डिपो सर्मी डोल्पाबाट १ हजार क्वीन्टल चामल माग गरिएको छ ।
डिपो लिकु डोल्पा १ हजार क्विन्टल, डिपो शहरतारा डोल्पाका लागि ४ हजार क्विन्टल चामल माग गरिएको छ । यस्तैगरी शाखा कार्यालय कालिकोटका लागि २ हजार क्वीन्टल र डिपो थिर्पु कालिकोटका लागि १ हजार क्वीन्टल र पदमघाटका लागि १ हजार क्विन्टल माग गरिएको पाइएको छ ।
दैलेख जिल्लाा ५ सय ४१ क्वीन्टल २० केजी चामल गरिपनि ३ हजारको थप चामल माग आएको पाइएको छ । यस्तैगरी बिक्री केन्द्र कवाडी बाजुराबाट थप ७ हजार क्वीन्टल थप चामल माग गरिएको नेपाल खाद्य संस्थान सुर्खेत क्षेत्रीय कार्यालयले जनाएको छ ।
संस्थान सुर्खेत कार्यालयबाट कार्णाली प्रदेशका दुर्गम र हिमाली क्षेत्रहरुमा हवाई र स्थल मार्ग हुदै खाद्यन्न ढुवानी हुने गरेको छ । हाल २६ वटा डिपोका लागि मात्रै ९२ हजार थप चामल माग भएको नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले जनाएको छ । सुर्खेत खाद्य संस्थानमा कार्यालयमा १६ हजार पाँच सय खाद्य मौज्दात रहेको र गोदाम खाली नहुने निमित्त प्रबन्धक कंडेलले बताए ।
प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार १७:४५