सुर्खेत, १४ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक भएको वताएका छन् । ठुलो पुँजीको लगानीलाई मात्र प्राथमिकता दिईएमा एकाधिकार पुँजीको विकास हुने वताउँदै मुख्यमन्त्री शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकासले महत्वपूर्ण टेवा पुर्याउने धारणा राखेका छन् ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित उद्योग तथा उद्यमशिलता र लघुउद्यम विकास मोडेल सम्वन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारले लघुउद्यम विकासका लागि ‘एक स्थानीय तह एक लघुउद्यम’को नीति लिएको वताए ।
मुख्यमन्त्री शाहीले लघुउद्यमको वर्गीकरण जरुरी भएको भन्दै राम्रो गर्ने उद्यमीलाई सरकारले अनुदान तथा सहुलियत व्याजदरमा ऋणको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले लघुउद्यम विकासका लागि सहज होस भनेर आफुले वैंक संचालकहरुको वैठक वोलाएर सवै स्थानीय तहमा वैंकिंग सेवा पुर्याउन समेत अनुरोध गरेको जानकारी दिए ।
लघुउद्यमले पर्यटन विकासमा समेत टेवा पुर्याउने वताउदै उनले कर्णालीमा आउने पर्यटकलाई कोशेली स्वरुप उघुउद्योगका उत्पादन लिने वातावरण वनाउन जरुरी रहेको वताए । अन्तर्राष्ट्रिय वजारमा लघुउद्योगका उत्पादनको माग अत्यधिक रहेको भन्दै मुख्यमन्त्री शाहीले वजारिकरणको व्यवस्था सरकारले गर्ने प्रतिवद्धता गरे । उनले भने, ‘तपाईहरुले उत्पादन मात्र गर्ने हो, वजार खोज्नु पर्दैन वजारको व्यवस्था सरकारले गर्छ ।’
कर्णाली प्रदेशमा तत्काल ठुला उद्योग सञ्चालन गर्न कठिनाई रहेको भन्दै मुख्यमन्त्री शाहीले आर्थिक विकासमा औद्योगिक क्षेत्रको योगदानको अवसर लघुउद्यमलाई रहेको वताए । हिजोको दिनमा आर्थिक रुपमा कर्णाली प्रदेश आत्मनिर्भर रहेको चर्चा गर्दै उनले अव पनि कर्णाली प्रदेशलाई आत्मनिर्भर वनाउन उत्साहका साथ लाग्न आग्रह गरे ।
प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार १७:२५