काठमाडौं, २७ वैशाख । प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका परिवारलाई सरकारले राहत प्रदान गर्ने भएको छ ।
सरकारले मंगलबार राति तराईका धनुषा, महोतरी र सिरहा जिल्लामा परेको भिषण असिना पानीले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले तराईका सो जिल्लाहरुमा असिना पानीले पु¥याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप १ लाख नगद र आवास निर्माणका लागि तत्काल २ बण्डल जस्ता उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
त्यसैगरी सरकारले गत असार, साउनमा बाढी र डुवानमा परेकाहरुलाई राहत दिन १ अरव रकम निकासा पनि गरेको छ । प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयमा सो रकम निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडितलाई वितरण गर्ने व्यवस्था समेत गरिएको राज्यमन्त्री बास्कोटाले बताए ।
सरकारले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धि नीतिगत मार्गदर्शन, २०७५’ लाई पनि स्विकृत गरेको छ । विकास, निर्माणको काममा बजेट बढाउन र उनुत्पादक क्षेत्रको खर्च कटौति गर्ने उद्देश्यका साथ यो मार्गदर्शन ल्याउनु परेको पनि राज्यमन्त्री बास्कोटाले स्पष्ट पारे ।
प्रकाशित मिति: २७ बैशाख २०७५, बिहीबार १०:०७