काठमाडौं, २५ चैत । नेपाली चियाप्रति विदेशीले देखाएको चासोबाट नेपाली चिया व्यापारी उत्साही भएका छन् ।
नेपाली चियाको गुणस्तर र स्वादमा विदेशी आक्रर्षण बढेपछि राजधानी काठमाण्डौमा जारी तेश्रो अन्तराष्ट्रिय चिया महोत्सवमा सहभागी नेपाली चिया व्यवसायीमा उर्जा थपिएको हो । महोत्सवमा विभिन्न १० मुलुकबाट आएका ३२ जना चिया व्यापारीले नेपाली चियामा देखाएको चासोले व्यवसायीलाई उत्साहीत बनाएको हो।
चिया प्रर्बद्धनका लागि पछिल्लो समय नेपालमै पनि विभिन्न आयाममा यसको प्रचार प्रशार भईरहेका बेला बढ्दो विदेशी चासोले व्यवसायीलाई व्यवसायप्रति आशावादी बनाएको हो । हिमालयन एरोम्याटिक टि का कार्यकारी निर्देशक चिरञ्जिवी दाहाल गुणस्तरलाई कायम गर्न सक्ने हो भने बजारको समस्या नभएको बताउँछन् ।
हिमाल, पहाड र तराईको स्थान विशेषको आधारमा लोकप्रिय भएका सबै चिया कम्पनीलाई एउटै छातामुनी ल्याई ब्राण्डिङ गर्न सक्ने हो भने चियाको निर्यात बढाउन सकिने व्यवसायी बताउँछन् ।
चिया व्यवसाय र व्यवसायीका मागलाई सरकारले नितीगत रुपमा सम्बोधन गरे बर्षेनी ३ अर्बको चिया निर्यातलाई ३० अर्ब पुर्याउने दाबी गर्छन् ।
विश्वमा चिन सबै भन्दा बढी चिया उत्पादन गर्ने मुलुक भएपनि नेपालको अर्गानिक चिया माग विश्वमा बढ्दै गएको छ । महोत्सवमा नेपालमा उत्पादित सबै कम्पनीका चियाका स्टलहरु राखिएको छ । महोत्सवमा चिया व्यवसाय सम्बन्धमा अन्र्तक्रिया, गोष्ठी आयोजना गर्नुको साथै चियाको स्वाद लिने व्यवस्था पनि गरिएको छ । शुक्रबार सुरु चिया महोत्सव आइतबार सम्म चल्ने छ ।
प्रकाशित मिति: २५ चैत्र २०७४, आईतवार १२:३३