सुर्खेत, २२ चैत । वन संरक्षण र सुधार गर्न सुर्खेतका सामुदायिक वनमा लागु गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएकाे ५ । सर्खेतमा रहेका ४ सय ४८ सामुदायिक वन मध्ये १७ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएको हो ।

दुई वर्ष देखि लागुभएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमले १७ वटा सामुदायिक वनबाट ७० हजार चार सय २९ क्युफिट काठ उत्पादनका साथै ९८ चट्टा दाउरा विक्री वितरण गरिएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।
यस वर्ष सुर्खेतमा थप दुई सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरि रुख कटानी गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । सरकारले वैज्ञानिक वन व्यवस्थापन लागु गरेका वनहरुमा काठ दाउरा चोरी निकासी नियन्त्रण हुने गरेको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा चुरो क्षेत्र भएकाले ५० वटा सामुदायिक वनभन्दा धेरैमा वैज्ञानिक वन कार्यक्रम लागु गर्न नमिल्ने कार्यालयले जनाएको छ । समय पुगेर नवढ्ने रुख निकालेर नयाँ विरुवाहरुलाई बढवा दिएर वनको उत्पादकत्व बृद्धि गर्ने जिल्ला वन कार्यालय सुर्खेतका प्रमुुख हेमराज विष्टको भनाई छ । ८० वर्षभन्दा धेरै पुराना धोध्रीएका रुख निकालिएको छ । हेर्दा काठ उत्पादन हुने देखिए पनि भित्र मक्किएका र काठ उत्पादन नहुने खाल्का रुख कटान गरिएको वन कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख विष्टले पुराना र धोध्रीएका रुखलाई निकालेर नयाँ विरुवाहरुलाई पुर्नउत्पादन गर्न बढावा दिने मुख्य उद्देश्य रहेको बताए । लामो सयमसम्म रुखलाई संरक्षण गरि राख्दा भित्रभित्र ध्रोध्रीने र मक्किएर काठको उत्पादन कम हुने भएकाले त्यस्ता रुखलाई निकालेर नयाँ विरुवालाई राख्नु पर्ने प्रमुख विष्टले बताए । उनले सुुरुमा पुराना रुखहरु कटान गर्दा विरोध आएको र अहिले यसको महत्व बुझेर प्रत्येक सामुदायिक बनमा यो नियम पद्धति लागु गरिने निवेदनको ओइरो लागेको बताए ।
उपभोक्ताहरुले विरुवा पुर्नउत्पानको महत्व बुझेर आत्मसाथ गरेर अघि बढिहेको प्रमुख विष्टले बताए । उनले सामुदायिक वनमा रहेका एक सय वर्ष पुराना रुखहरु जुन आफु पनि नबढ्ने र त्यसका छायाँले अरु रुखहरु बढ्न नदिने भएका कारण त्यस्ता रुखहरुलाई हटाएको बताए । पुराना रुखहरुको बृद्धिविकास नहुने र त्यसमा काठको उत्पादन पनि कम हुने भएकाले वैज्ञानिक वन व्यवस्थापन गरिने उनको भनाई छ ।
प्रकाशित मिति: २२ चैत्र २०७४, बिहीबार १६:३८