काठमाडौँ, १६ चैत । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारको प्रतिनिधीसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले किसानले उखुको मुल्य नपाएको, लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउदै तच्त्काल सम्बोधन गर्न सकारको ध्यानाकर्षण गराएका हुन् । स्वतन्त्र सांसद ह्ृदयश त्रिपाठीले स्थायी प्रकृतिको आयोग वा समिति बनाएर उखु लगायत कृषिजन्य उत्पादनको मुल्य निर्धारण गर्न माग गरे ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका सांसद प्रभु शाहले गत साउनमा तराईका जिल्लामा आएको बाढी प्रभावितलाई दिने भनि घोषणा भएको राहत कागजमा मात्रै सिमित भएको भन्दै तत्काल कार्यन्वय गर्न माग गरे । राष्ट्रिय जनता पार्टीका सांसद अनिल कुमार झा रौतहटमा असिनाले कृषकको बालीमा ठुलो क्षति पुर्याएको भन्दै तत्काल राहतको व्यवस्था गर्न माग गरे । उनले कृष्ण जन्माष्टमी , छठ लगायत पर्वको विदा कटौति गर्ने सरकारको निर्णय प्रति आपत्ती जनाए ।
संघिय समाजवादी फोरम नेपालका सांसद बिमल श्रीवास्तवले मुल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । उनले दलितका लागि हरेक जिल्लामा ५ सय देखि २ हजार घर बनाउने सरकारको पुर्व घोषित कार्यक्रम पनि प्रभावकारी हुन नसकेको भन्दै यथासिघ्र घर बनाउन माग गरे । आदीबासी जनजातीले बुधबार बानेश्वरमा गरेको शान्तिपुर्ण विरोधमा सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ती जनाए । स्वतन्त्र हैसियतमा रहेकी राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले प्रवासमा रहेका नागरिकलाई सम्बन्धीत देश बाटै मतदानको अधिकार दिने गरि व्यवस्था गर्न चैत ७ गते सर्वोच्च अदालतद्धारा भएको आदेश कार्यान्वयनका लागि तत्काल आवश्यक नीति नियम तथा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद जिपछिरिङ्ग लामाले भुकम्पले क्षतिग्रस्त भएका भवन पुर्ननिर्माण र पीडीतको पुर्नबास नसकिदै चैत मसान्त भित्र पुर्ननिर्माणमा खटाएका कर्मचारी र जिल्ला स्थित कार्यालय हटाउने निर्णय गरिएको भन्दै निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरे ।
सांसद गजेन्द्र बहादुर महतले सबै दृष्टिले पछाडि परेको जुम्ला र जुम्लाका जनप्रतिनिधीलाई सिंहदरबारमा मन्त्रीले माग्नेको जस्तो र कर्मचारीले जर्जशाबको जस्तो व्यवहार गर्ने गरेको भन्दै आक्रोश पोखे । सांसद प्रेम सुवालले मंहगी नियन्त्रण, खानेपानी सुविधा , सडक जामको अन्त्य लगायत आधारभुत विषयमा सरकारको ध्यानाकर्षण गराए ।
बैठकले संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन भएकोमा राष्ट्रपतिलाई बधाई दिएको छ ।
बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संसोधन अध्यादेश २०७४ लाई स्वीकृत गरेको छ । बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रस्तुत भएको छ । अर्को बैठक आगामी १९ गते सोमबार अपरान्ह १ बजे का लागि बोलाईएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार १६:२९