सुर्खेत, १४ चैत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले टेड्र युनियन सक्रिय बनाउन सकेमात्र काँग्रेस बलियो हुने दाबी गरेका छन् । नेपाल टेड्र युनियन काँग्रेस सुर्खेतको छैठौ जिल्ला अधिवेशलाई सम्बोधन गर्दै नेता थानीले काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय हुन सुझाव दिए ।
पूर्वमन्त्री समेत रहेका थानीले विगतका दिनमा भन्दा टेड्र युनियनहरुलाई आगामी दिन थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सांसद अमृता शाहीले मजदुरहरुको हकहितको लागि आफ्ना श्रीमान् संस्थापक अध्यक्ष गणेश शाहीको महत्वपूर्ण योग्दान रहेको भन्दै उनको योग्दानको कदर गर्न आग्रह गरिन् । उनले मजदुरहुको हक हितको लागि नेपाल टेड्र युनियनले महत्वपूर्ण भुमिका खेलेको भन्दै यसको लागि आफ्नो तर्फबाट हुने सहयोगको लागि आफु तयार रहेको उल्लेख गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले देश संघियतामा गएसंगै जटिल अबस्थमा पुगेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।
यस्तै क्षेत्रीय सभापति नारायण कोइरालाले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगर प्रमुख देबकुमार सुबेदीले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा टेड्र युनियनका पूर्व अध्यक्ष लोकबहादुर बिसी, नेपाल शिक्षक माहसंघका उपाध्यक्ष तिर्थजंग शाही, नेपाली काँग्रेस टेड्र युनियनका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरी लगायत विभिन्न जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा आफ्नो भनाई राखेका थिए ।
कार्यक्रम नेपाल टेड्र युनियन सुर्खेतका अध्यक्ष जयबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
नेपाल टेड्र युनियन सुर्खेतको छैठौ अधिवेशले गणेश कुमार कार्कीको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा बिमल पोखरेल, कष्णप्रसाद गौली, शेरजंग शाही, मिना काफ्ले र दुर्गा क्षेष्ठ रहेका छन् भने सचिवमा सम्राट गौतम रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष कार्की लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहदै आएका छन् । निर्वाचित भएलगतै कार्कीले श्रमजिवीको हक र अधिकारको लागि आफु सक्रिय भएर लाग्ने प्रतिबद्ता जनाए ।
प्रकाशित मिति: १४ चैत्र २०७४, बुधबार १८:३९