काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नारायणहिटी दरबार परिसरभित्रको गणतन्त्र स्मारकको अवलोकन गरेका छन् ।
अध्यक्ष दाहालले विहीबार सांझ गणतन्त्र स्मारकको अवलोक गरेका हुन् । गणतन्त्र स्मारक २०६९ साल देखि बनाउन सुरु गरिएको थियो । स्मारकको साज सज्जा लगायतका केही काम मात्रै बाँकी रहेका बेला अवलोकन गरेका अध्यक्ष दाहालले संरचना सम्पन्न भएको देख्दा आफु अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए ।
गणतन्त्र स्मारकको संरचना तयार भईसकेको देखेर निकै खुसी लागेको भन्दै अध्यक्ष दाहालले संरचनाबाट राजनीतिक परिर्वतनका लागि शहीद भएकाहरुको सपना साकार भएको महसुस आफुले गरेको बताए ।
नारायणीहिटीमा नै गणतन्त्र स्मारक बन्नुपर्छ भनेर आफैले त्यसको नेतृत्व लिएको तथा गणतन्त्रको लागि साह्ै ठुलो त्याग तपस्या र आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको दृष्टिकोणबाट पनि स्मारक निर्माणले आफुलाई खुसी बनाएको उनले प्रतिक्रिया दिए ।
नाराणहिटी दरबारको पूर्वी भागमा नेपाली सेनाले दिएको ३६ रोपनी जग्गामा स्मारक बनाईएको हो । स्मारक भित्र दुई ठुला ठुला हलमा जनआन्दोलनमा घाईते भएका, वेपत्ता भएका अंगभंगभएकाहरु तथा शहीदहरुको नाममा सांकेतिक अर्थ लाग्ने किसिका संरचना बनाईएको छ ।
स्मारक निर्माणका लागि ३५ करोड रुपैयाको सम्झौता भएपनि अहिले सम्म ४० करोड रुपैया खर्च भईसकेको निर्माण कम्पनीले जनाएको छ । पानीका फोहरा, बत्ती लगायत केही संरचना तयार भएपनि स्मारकको आन्तरिक साजसज्जा गर्न अझै बाँकी नै रहेको निर्माण कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार ०८:३३